प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबलको उपाधि त्रिभुवन आर्मीलाई

0

फागुन १२, ललितपुर । प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक त्रिभुवन आर्मीले जितेको छ ।

लगनखेल स्थित आर्मीको प्रशिक्षण केन्द्रमा भएको खेलमा आयोजक आर्मीले पश्चिमाञ्चललाई तीन एकको सेटमा हरायो ।

तेस्रो पटक प्रतियोगिताको उपाधि जित्ने क्रममा आर्मीले पश्चिमाञ्चललाई २५–१४, २५–१३, २३–२५ र २५–१३ को सेटमा हरायो ।

प्रतियोगितामा तेस्रो स्थान नेपाल पुलिस क्लवले जित्यो ।

तेस्रो स्थानका लागि भएको खेलमा पुलिसले एपिएफलाई २५–२१, २५–२० र २५–११ को सेटमा हरायो ।

उपाधि विजेता आर्मीले ३ लाख रुपैयाँ पायो भने उपविजेता पश्चिमाञ्चलले १ लाख ५० हजारमा चित्त बुझायो । यस्तै तेस्रो भएको पुलिसले ७५ हजार रुपैयाँ पायो ।

Post Add 1025X115
Loading...