प्रधानमन्त्री कप महिला क्रिकेटकाे सेमिफाइनल समीकरण पूरा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-११
  • |
  • 191 पटक हेरिएको

फागुन ११, कैलाली । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीताको सेमिफाईनल समिकरण पुरा भएको छ ।

धनगढीको वोराडाडी स्थित फप्ला मैदानमा भएको पहिलो खेलमा पुर्वाञ्चलले मध्यपश्चिमाञ्चल माथी ९८ रनको सानदार जित हात पार्दै अन्तिम चारमा स्थान सुरक्षित बनाएको हो ।

दोश्रो खेलमा मध्यमाञ्चलले घरेलु टोली सुदुरपश्चिममाथी १२ रनको जित हात पारेको छ ।

पहिलो खेलमा नेपाली टोलीकी कप्तान समेत रहेकी पुर्वाञ्चलकी कप्तान रुविना क्षेत्रीको उत्कृष्ट प्रदर्शनले पुर्वाञ्चलले मध्यपश्चिमाञ्चल विरुद्ध फराकिलो जित दर्ता गरेको हो ।

टस जितेर व्याटीङ गरेको पुर्वाञ्चलले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतीमा १३४ रन बनायो । पुर्वाञ्चलका लागी काजोल श्रेष्ठले ४२, कप्तान रुवीना क्षेत्रीले ४१ र रोमा थापाले २५ रनको योगदान दिए ।

तेश्रो विकेटका लागी क्षेत्री र श्रेष्ठले ६८ रनको साझेदारी गरेकी थिए । मध्यपश्चिमाञ्चलकी निरुपमा गिरी, नेरी थापा, साया बस्नेतले समान १-१ विकेट लिए ।

१३५ रनको लक्ष्य सहित मैदान उत्रिएको मध्यपश्चिमाञ्लले १९ ओभरमा सबै विकेट गुमाउँदै ३६ रन मात्रै बनाउन सक्यो ।

मध्यपश्चिमाञ्चलले १२ रन अतिरिक्त पाएको थियो । मध्यपश्चिमालका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् भने ४ खेलाडीले खाता समेत खोल्न सकेनन् । उस्का लागि सीता मगरले ६ तथा शान्ती खत्री र श्रृष्टि डाँगीले समान ४-४ रन बनाए ।

मध्यपश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा पुर्वाञ्चलकी कप्तान रुविना क्षेत्र, अनुपमा चौधरी र संगम तामाङले समान २-२ विकेट लिए । खेलको नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच पुर्वाञ्चलकी कप्तान रुवीना क्षेत्री भईन् ।

शुक्रवार नै भएको दोश्रो खेलमा मध्यमाञ्चलले सुदुरपश्चिममाथी १२ रनको जित निकालेको छ । टस जितेर व्याटिङ गरेको मध्यमाञ्चलले २० ओभरमा ७ विकेट गुमाउदै १०५ रन बनायो । मध्यमाञ्चलका लागी सीता श्रेष्ठले २३, अश्मिता खरेलले २२ तथा रोशनी बोहरा र कप्तान आरती विराडीले १४-१४ रनको योगदान दिए ।

बलिङतर्फ सुदुरपश्चिमकी कविता जोशीले ४ तथा कविता कुवर र लक्ष्मी साउदले समान १-१ विकेट लिए। १०६ रनको मध्यम लक्ष्य सहित जवाफमा उत्रिएको घरेलु टोली सुदुरपश्चिमले २० ओभरमा ३ विकेटको क्षतीमा ९३ रन मात्रै बनाउनसक्यो ।

सुदुरपश्चिमका लागि सुरुवाती खेलाडी कविता कुँवर र कप्तान मञ्जु वोगटीले ३६ रनको साझेदारी गरेकी थिईन् । कविताले २२ रन बनाईन् भने कप्तान मञ्जुले ८ रन बनाईन् । मध्यमाञ्चलका लागी सुमन खतिवडा र रोजी कडारीले समान १-१ विकेट लिए ।

फाइनल प्रवेशका लागी मध्यमाञ्चलले समुह ए को विजेता बन्दै समुह वि को उप विजेता पुर्वाञ्चलको सामाना गर्ने भएको छ भने सुदुरपश्चिमलले समुह वि को विजेता विभागीय टोली एपीएफको सामाना गर्ने भएको छ । सेमीफाइनलका दुवै खेल शनिबार हुनेछ ।

प्रतियोगिताको विजेताले पाँच लाख तथा उप–विजेताले दुई लाख रुपैया पुरस्कार प्राप्त गर्ने छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey