च्याम्पियन्स लिगमा स्पेनिसमाथि इंग्लिस क्लव हाबी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-११
  • |
  • 157 पटक हेरिएको

फागुन ११ । युरोपियन च्याम्पियन्स लिगको जारी सिजन ला लिगा क्लव र प्रिमियर लिग क्लवबीच ८ स्पर्धा भएको छ । जसमा अहिलेसम्म स्पेनिस टोलीले स्पष्ट जित निकाल्न सकेको छैन ।

पछिल्ला वर्षहरुमा यो देखिएको थियो कि इंग्लिस क्लवहरु युरोपेली प्रतियोगितामा भन्दा घरेलु प्रतियोगितामा केन्द्रित थिए । तर, समय बदलिएको भान भएको छ ।

प्रिमियर लिगका शीर्ष टोलीहरुको यो बुझ्न थालेका छन् कि युरोपेली प्रतियोगिताले मात्रै उनीहरुको महानताको मापन गर्न सक्छ ।

समूह चरणको खेलमा सेभियाले लिभरपुलसँग दुवै खेल बराबरी खेल्यो । एनफिल्डमा भएको पहिलो खेल २–२ गोलको बराबरीमा सकिँदा स्टाडियो सन्चेस पिज्जुआनमा आश्चर्यजनक रुपमा ३–३ को बराबरी भयो ।

च्याम्पियन्स लिगमा एथ्लेटिको मड्रिडको यात्रा सकिइसकेको छ । तर, समूह चरणमा उसले चेल्सीसँग खेलेको थियो । घरेलु मैदानमा भएको पहिलो लेगमा पराजित भए पनि एथ्लेटिकोले स्टाम्फोर्ड ब्रिजमा चेल्सीलाई बराबरीमा रोकेको थियो ।

समूह चरणमा रियल मड्रिडले इंग्लिस प्रतिद्वन्द्वीको रुपमा टोटनह्यामलाई पाएको थियो । सान्टियागो बर्नबाउमा १–१ गोलको बराबरी खेलेको टोटनह्यामले घरेलु मैदानमा रियललाई ३–१ को निराशाजनक हार चखाएको थियो ।

च्याम्पियन्स लिगको नकआउट चरण सुरु भइसकेको छ । त्यसमा पनि अहिलेसम्म ला लिगा टोलीले इंग्लिस टोलीलाई हराउन सकेको छैन । प्रिक्वार्टरफाइनलको पहिलो लेगमा ला लिगा महारथी बार्सिलोनाले चेल्सीसँग स्टाम्फोर्ड ब्रिजमा १–१ गोलको बराबरी खेल्यो । यही चरणको अर्को खेलमा जोसे माउरिन्होको म्यान्चेस्टर युनाइटेडसँग सेभियाले गोलरहित बराबरी खेल्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey