कीर्तिमानी फेडेरर अष्ट्रेलियन ओपनको सेमिफाइनलमा

0

माघ १०, काठमाडौं । साविक विजेता रोजर फेडेरर बर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मेलबर्नमा भएको क्वाटरफाइनलमा स्वीस खेलाडी फेडेररले थोमस बर्डिचलाई ३–० को सेटमा हराए ।

पहिलो सेटमा बर्डिचले फेडररलाई केहि चुनौती दिए पनि १०औं पटक अष्ट्रेलियन ओपन जित्ने लक्ष्यमा रहेका फेडररले ७–६ ले आफ्नो पक्षमा पारे ।

दोस्रो सेटमा फेडररले झन् उत्कृष्ट प्रदर्शन गर्दै ६–३ ले जिते । तेस्रो सेटमा पनि बर्डिच फेडररको अगाडी पुरै दबावमा रहँदा यी स्वीस खेलाडीले ६–४ ले सेट आफ्नो पक्षमा पार्दै उपाधि यात्रालाई निरन्तरता दिए ।

Post Add 1025X115
Loading...