अष्ट्रेलियन ओपनमा दक्षिण कोरीयाली चुङको कीर्तिमान

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१०
  • |
  • 201 पटक हेरिएको

दक्षिण कोरीयन खेलाडी चुङ हेइयोन करियरको पहिलो ग्राण्डस्लामको सेमिफाइनलमा प्रवेश गरेका छन । चुङ ग्राण्डस्लामको सेमिफाइनलमा पुग्ने पहिलो दक्षिण कोरीयाली खेलाडी बनेका छन् ।

मेलवर्नमा भएको क्वाटरफाइनलमा चुङले अमेरीकी खेलाडी टेनिस सान्डग्रिनलाई तीन शून्यको सेटमा हराए । विश्व बरियतामा ५८औं स्थानमा रहेका चुङ अष्ट्रेलियन ओपनमा २००४ पछि सेमिफाइलनमा पुग्ने पहिलो कम बरियताका खेलाडी हुन् ।

२१ वर्षे चुङले टेनिसलाई पहिलो सेटमा ६–४ले हराउँदा दोस्रो सेट ७–६ ले आफनो पक्षमा पारे । चुङले तेस्रो सेट पनि ६–३ को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाए ।

महिला तर्फ विश्व नम्वर एक सिमोना हलेप चेक गणतन्त्रकी कारोलिना पिल्सकोभालाई हराउँदै सेमिफाइनलमा पुगिन् । सुस्त सुरुवात गरेकी सिमोनले कारोलिनालाई २–० को सोझो सेटमा हराइन् ।

पहिलो सेट ३–० ले पछि परेको अवस्थामा सिमोनाले उत्कृष्ट पुनरागमन गरी ६–३ ले आफनो पक्षमा पारिन् । दोस्रो सेटमा पनि सिमोनाले उत्कृष्ट प्रदर्शन गर्दै ६–२ को जित निकालिन् ।

सेमिफाइनलमा उनको भेट दुई वर्ष अघिकी च्याम्पियन एञ्जेलिक कर्वरसँग हुनेछ । बुधबारै भएको खेलमा केरबेरले अमेरीकी खेलाडी माडिसन कीजलाई हराएकी हुन् । पूर्व विश्व नम्वर एक केरवेरले कीजलाई ६–१ र ६–२ को सेटमा हराइन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey