एफए कपः सिटीको यात्रामा विगान बाधक

0

फागुन ८ । इंग्लिस प्रिमियर लिगको लिग लिडर म्यान्चेस्टर सिटी एफए कपको पाचौं चरणबाटै बाहिरिएको छ ।

म्यान्चेस्टर सिटीको उपाधि यात्रामा विगान बाधक बन्यो । दोस्रो डिभिजनको क्लव विगगानसँग पराजित हुँदै सिटी बाहिरियो ।

खेलको नियमित समय सकिनुभन्दा ११ मिनेटअघि घरेलु टोलीका लागि ग्रिग स्ट्रकले निर्णायक गोल गरेका थिए ।

पहिलो हाफमा सिटीले विगानमाथि निक्कै दवाव दिएको थियो । त्यसो त सिटीले खेल अवधिभरि नै एकपक्षीय रुपमा बल पोजिसन लिएको

थियो । तर, पहिलो हाफको अन्त्यतिर फावियन डेल्फले विवादास्पद रेडकार्ड पाए पनि सिटी १० खेलाडीमा समेटियो ।

खेलपछि मैदानमा केहि असामान्य दृश्यहरु पनि देखिए । सिटीका स्ट्राइकर सर्जियो एग्युरोले घरेलु समर्थकमाथि दुर्व्यवहार गरे । सिटीलाई हराएपछि विगानका समर्थक मैदानमै ओर्लिएका थिए ।

Post Add 1025X115
Loading...