अन्तर क्लव डबल लिग बास्केटबल- त्रिभुवन आर्मीकाे लगातार दोस्रो जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०७
  • |
  • 259 पटक हेरिएको

अन्डर क्लव डबल लिग बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मीले लगातार दोस्रो जित हात पारेको छ ।

घरेलु कोर्टमा भएको खेलमा आर्मीले गोल्डेनगेट क्लवलाई ५० का विरुद्ध ८८ स्कोरले हरायो ।

आर्मी विरुद्ध गोल्डेनगेटले पहिलो सेटमा २२–१९ ले जितेपनि त्यसपछिका लगातार तीन सेटमा आर्मीले आफ्नो प्रभाव कायम राख्यो ।

दोस्रो क्वाटर आर्मीले २३–६ ले जित्दा तेस्रो सेट २७–१२ ले जित्यो । चौथो तथा अन्तिम सेटमा आर्मीले १९–१० को जित निकाल्दै प्रतियोगितामा अपराजित यात्रा कायम राख्यो ।

आजै भएको अर्को खेलमा बुढानिलकण्ड नगरपालिकाले साउथ साइडर्सलाई ५६ का विरुद्ध ५९ स्कोरले हरायो ।

साउथ साइडर्सले पहिलो सेट २२–६ले जितेपनि त्यसपछिका लगातार ३ सेट बुढानिलकण्ठले आफनो पक्षमा पार्न सफल भयो ।

उसले दोस्रो सेट १६–१४ ले जित्दा तेस्रो सेट १७–२ ले आफनो पक्षमा पारयो । यस्तै चौथो क्वाटरमा बुढानिलकण्ठ २०– १८ ले विजयी भयो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey