सिपिएलको पहिलो दिन कुमुदिनी होम्स ६६ रनले विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०७
  • |
  • 344 पटक हेरिएको

एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा कुमुदिनी होम्सले अमरसिंह माविलाई ६६ रनले पराजित गरेको छ ।

पोखरामा भएको उद्घाटन खेलमा टस जितेर व्याटिङमा उत्रिएको कुमुदिनी होम्सले पाँच विकेटको क्षतिमा ११६ रन बनाएको थियो ।

उसका लागि शाहिल कार्कीले ३० रनको योगदान महत्वपूर्ण रह्यो । ईशान श्रेष्ठले २४ र मुस्कान थापाले भने २५ रनको योगदान दिएका थिए । दिपेश खड्काले दुई विकेट लिए ।

अमरसिंहले केवल १४ओभर १ बल मात्रै खेल्दै ५० रन जोड्दा उज्वल बरालले दोहोरो अंकको १० रन बाहेक अन्य व्याट्सम्यानले एकोहोरो अंकको मात्रै रन जोडे । यू—१६ राष्ट्रिय क्रिकेट टोलीका सदस्य सेनले अमरसिंहको व्याटिङलाई धोस्त पारेपछि अमरसिंह केवल ५० रनमा समेटिएको थियो ।

सुमित जि.टीले पनि ३ विकेट लिदैं अमरसिंहलाई पुरै दबावमा राखे ।

यु—१६ का राष्ट्रिय खेलाडी समीर सेनलाई नेपाली राष्ट्रिय क्रिकेटका टोलीका सदस्य करण केसीले म्यान अफ दि म्याचको पदक लगाई दिए ।

पक्सपर्टले पोखरामा गतवर्ष विद्यालयस्तरीय टी—२० क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगितामा गण्डकी आवासिय विद्यालय, ग्यालेक्सी उच्चमावि, स्याङजा उच्चमावि, पश्चिमाञ्चल इन्जिनियरिङ कलेज, पोखरा विश्वविद्यालय,सत्यवती उच्चमाविको सहभागिता रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal