प्रधानमन्त्रीसमक्ष पारसको आग्रह– क्रिकेट विवाद सल्टाउन पहल गरियोस्

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०७
  • |
  • 186 पटक हेरिएको

फागुन ७, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ क्यानको निलम्बन फुकुवाका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेका छन् ।

डिभिजन टू मा उत्कृष्ट प्रदर्शन गरी उपविजेता बन्न सफल टोलीको सम्मानका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको सम्मान कार्यक्रममा कप्तान पारसले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले क्यान निलम्बन गरेको अवस्थामा विवाद समाधान गरी निलम्बन फुकुवाको पहल गर्न आग्रह गरेका हुन् ।

‘क्रिकेट संघ निलम्बनमा छ, अवको २ महिनापछि आईसीसीको बैठकले नपालबारे महत्वपूर्ण कदम चाल्नुभन्दा अगाडि नै नेपालको विवाद समाधान गरी निलम्बन फुकुवाका लागि पहल गर्न सरकारसमक्ष आग्रह गर्छु ।’ कप्तान पारसले भने ।

उनले डिभिजन टूमा आफ्नो टोलीले गरेको प्रदर्शनले नयाँ आशा जागेको र आसन्न विश्वकप छनोटमा चुनौति र अवसर दुवै भएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले क्रिकेट विवाद समाधानका लागि सरकार र खेलकुद मन्त्रालयले पहल गर्ने जानकारी दिए । ‘कप्तानले क्रिकेटमा विवाद नहोस भन्ने आशय व्यक्त गर्नुभएको छ, खेलमा विवाद हुनुहुन्न भन्ने मान्यता हामी पनि राख्छौं र विवाद समाधानका लागि मेरो पहल हुनेछ ।’

साथै उनले आफ्नो सरकार खेलमा राजनीति हुनुहुन्न भन्ने मान्यतामा रहेको उदघोष गरे । उनले मुलुक आर्थिक सम्बृद्धिको दिशामा अघि बढेकाले खेलकुदमा पनि सम्बृद्धिका लागि काम गर्ने बताए ।

डिभिजन टू को उपविजेता नेपाली टोलीलाई सरकारले गरेको सम्मान कार्यक्रममा अधिकांश खेलाडी उपस्थित थिएनन् ।

प्रतियोगिताबाट शनिबार फर्किएपछि तीन दिन आरामका लागि समय दिएका कारण खेलाडीहरु घर गएकाले सम्मान कार्यक्रममा ५ खेलाडी र तीन अफिसियलमात्र उपस्थित थिए ।

नेपाल अागामी शनिबार विश्वप छनाेटका लागि जिम्बाबे प्रस्थान गर्नेछ । त्यसअघि शुक्रबार प्रधानमन्त्रीले टिमकाे बिदार्इसँगै टिमका सदस्यलार्इ प्रदान गरिने जनही ३ लाख वितरण गरिने प्रधानमन्त्री केपी अाेलीले जानकारी दिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey