हङकङबिरुद्धको मैत्रीपूर्ण फुटबलमा एपीएफ विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०७
  • |
  • 163 पटक हेरिएको

फागुन ७, काठमाडौं । चीनको नयाँ बर्षको अवसरमा आयोजना भएको मैत्रीपूर्ण महिला फुटबलमा सशस्त्र प्रहरीको एपीएफले हङकङको राष्ट्रिय टोलीलाई ३–१ गोलले पराजित गरेको छ । एपीएफको जितमा स्ट्राइकर सावित्रा भण्डारीले २ गोल गरिन् ।

हङकङ फुटबल संघको आयोजनामा हङकङको मोङकक रंगशालामा सम्पन्न खेलमा एपीएफले सुरुआती अग्रता बनाएको थियो ।

पहिलो हाफको अन्तिममा एपीएफकी मञ्जली कुमारी योञ्जनले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् ।

दोस्रो हाफमा हङकङले खेलमा फर्कने प्रयास गरेको थियो । ५३औं मिनेटमा हङकङकी हो मुइ मेइले घरेलु टिमका लागि बराबरी गोल गरिन् ।

तर, एपीएफले खेलमा पुनः अग्रता लियो । ६१औं मिनेटमा एपीएफकी मुख्य स्ट्राइकर सावित्रा भण्डारीले टिमका लागि दोस्रो गोल गरिन् ।

८३औं मिनेटमा भण्डारीले व्यक्तिगत दोस्रो गोल गर्दा एपीएफले अग्रता ३–१ मा पुर्यायो । बाँकी समयमा दुवै टोलीबाट गोल हुन नसक्दा एपीएफ विजयी भयो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey