त्रिभुवन आर्मी क्लव र पश्चिमाञ्चलको राष्ट्रिय भलिबलमा विजयी सुरुवात

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०६
  • |
  • 253 पटक हेरिएको

काडमाडौमा आज देखि सुरु भएको प्रधानसेनापति पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो दिन त्रिभुवन आर्मी क्लव र पश्चिमाञ्चल विजयी भएका छन ।

लगनखेलस्थित नेपाल आर्मीको कवर्डहलमा भएको खेलमा विभागिय टिम त्रिभुवन आर्मीले मध्यमाञ्चललाई तीन शुन्यको सोझो सेटमा हरायो ।

राष्ट्रिय खेलाडीको वर्चश्व रहेको त्रिभुवन आर्मीले पहिलो सेट २५–८ दोस्रो सेट २५–१२ र अन्तिम सेट २५–१४ ले जित्न सफल भयो ।

अर्को खेलमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई तीन शुन्यकै सोझो सेटमा हरायो । पश्चिमाञ्चलले पूर्वाञ्चललाई २५–१७, २५–२१ र २५–१४ को पराजित गरयो ।

भोलीको पहिलो खेलमा नेपाल पुलिस क्लव र मध्यमाञ्चल तथा दोस्रो खेलमा सुदुर पश्चिमाञ्चल र एपिएफ क्लव विच प्रतिस्पर्धा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey