म्यान्चेस्टर सिटी लिग कपको फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१०
  • |
  • 187 पटक हेरिएको

माघ १०, काठमाडौं । म्यानचेस्टर सिटी इंग्लिस फुटबल प्रतियोगिता लिगकपको फाइनलमा पुगेको छ ।

मंगलबार राति भएको सेमिफाइनल दोस्रो लेगमा ब्रिस्टोल सिटीलाई ३–२ गोलले हराउँदै समग्रमा पाँच तीन गोलको जितसहित म्यान्चेस्टर सिटी फाइनलमा पुगेको हो ।

दोस्रो लेगको ४३औं मिनेटमा लियोरी सानेको गोलमार्फत सिटीले अग्रता लिएको थियो । पहिलो हाफमा सिटीले पूर्ण रुपमा ब्रिस्टोनलाई दवावमा राखेको थियो । ४९औं मिनेटमा सर्जियो एग्यूरोले टिमका लागि दोस्रो गोल थपे । ६४औं मिनेटमा च्याम्पियनसिप साइड ब्रिस्टोलका मार्लोन प्याकले हेडर गोल गर्दै सिटीसँगको दूरी २–१ मा झारे ।

खेलको अन्तिम २० मिनेट ब्रिस्टोलले सिटीलाई कडा चुनौती दिएको थियो । उसका लागि इन्जुरी समयको चौथो मिनेटमा एडल फ्न्टिले बराबरी गोल फर्काएका थिए । तर छैटौं मिनेटमा केभिन डि ब्रुयनले गोल गर्दै सिटीलाई ३–२ को जित सुनिश्चित गराए ।

सिटीले पहिलो लेगमा २–१ गोलको जित निकालेको थियो ।

सिटी लिग कपको फाइनल पुगेको यो चौथो पटक हो । सिटीले उपाधीका लागि फेब्रअरी २५ मा वेम्बली रंगशालामा चेल्सी र आर्सनलबीच बुधबार राति हुने दोस्रो सेमिफाइनल खेलको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal