टिमसँग शरद किन नेपाल फर्किएनन् ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०६
  • |
  • 280 पटक हेरिएको

नामिवियामा भएको डिभिजन २ बाट विश्वकप छनोटमा स्थान बनाएको नेपाली क्रिकेट टिम स्वदेश फर्किदा उसका महत्वपुर्ण सदस्य शरद भेषवाकर भने टिमसँग फर्किएनन् ।

नामिवियाबाट टिमसँग आबुधावीसम्म आएका शरद त्यहाँबाट अमेरीका उडेका छन । डिभिजन २ मा खासै चाख लाग्दो प्रदर्शन गर्न नसकेका शरद अमेरीका जानुको पछाडी गर्भवती श्रीमती निशा अधिकारीलाई समय दिनका लागि हो ।

निकट भविष्यमा नै बुबा बन्न लागेका शरद विश्वकप छनोटका लागि अमेरीकाबाट नै जिम्वावे जानेछन ।

यो विचमा उनले अमेरीकामा नै ब्यक्तिगत रुपमा अभ्यास गर्नेछन । बुबा बन्न लागेका गर्भवती श्रीमतीलाई समय दिनुपर्ने अावश्यक ठानेर शरद अमेरीका जाने निर्णय गरेका हुन ।

हाल निशा केहि महिनादेखि अमेरीकामा बस्दै आएकी छिन ।

यहि कारणले पनि शरदले आसन्न डिपिएलको दोस्रो स‌‌स्करण नखेल्ने बताएका छन ।

शरद नआएपनि नेपाली क्रिकेट टिमलाई विमानस्थलमा भब्य स्वागत गरिएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey