विमानस्थलमा गुञ्जियाे, ‘याे जित कसकाे ? नेपालकाे !’ (भिडियो)

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०६
  • |
  • 179 पटक हेरिएको

फागुन ६, काठमाडौं । आईसीसी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा उपविजेता बन्दै एकदिवशीय विश्वकप छनोट खेल्ने निश्चित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार साँझ स्वदेश फर्किएको छ ।

त्रिभुवन अन्तर्राष्टिय बिमानस्थलमा शनिबार राति ९ बजे क्यानका कार्यसञ्चालन अधिकृत छुम्बी लामा, पूर्व खेलकुदमन्त्री दलजीत शर्मा श्रीपाइली लगायतले नेपाली टोलीको स्वागत गरेका थिए ।

नेपाली टोलीको स्वागतका लागि सरकारी निकाय तथा राष्ट्रिय खेलकुद परिषदका कुनै प्रतिनिधि बिमानस्थलमा उपस्थित थिएनन् ।

बिमानस्थलमा सयौंको संख्यामा नेपाली समर्थक उपस्थित थिए । समर्थकले राष्ट्रिय झण्डासहित टिमको पक्षमा चर्को हुटिङ गरेका थिए ।

विश्वकप छनोटमा पुगेको नेपाली टोली स्वदेश फर्कँदा विमानस्थलको माहोल हेर्नुहोस्

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey