खुकुरी कप क्रिकेटको उपाधि बालुवाटारले जित्यो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०५
  • |
  • 200 पटक हेरिएको

फागुन ५, काठमाडौं । खुकुरी च्यालेञ्जर्स कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि बालुवाटार क्रिकेट क्लवले जितेको छ ।

कीर्तपुरस्थित टियू क्रिकेट मैदानमा शनिबार सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा बालुवाटारले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरलाई ८ रनले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको बालुवाटारले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । उसका लागि अमरसिंह रौतेलाले सर्बाधिक ३३ रन बनाए भने ओपनर प्रनित थापामगरले २७ र कप्तान पृथु बास्कोटाले २५ रन जोडे ।

बलिङतर्फ काठमाडौंका सुमित झाले ३, सञ्जय बस्नेतले २ तथा नन्दन यादवले १ विकेट लिए ।

१५२ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित ओभरमा ६ विकेट गुमाएर १४३ रनमात्र बनाउन सक्यो । उसका लागि अदिल खानले सर्बाधिक ३२ रन बनाएका थिए ।

बलिङतर्फ ३ विकेट लिएका बालुवाटारका अभिनाश बस्याल खेलको म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिताको विजेता बालुवाटारले ३ लाख र उपविजेता काठमाडौंले १ लाख पुरस्कार पाएका छन् ।

बालुवाटार क्रिकेट क्लवका क्षितिज सिंह म्यान अफ द सिरिज चुनिए । प्रतियोगितामा सर्बाधिक १२ विकेट लिएका उनले २० हजार पुरस्कार पाए ।

प्रतियोगिताको सर्बाधिक २५८ रन बनाउने टिकापुर क्रिकेट क्लवका रविन्द्र जंग शाहीले १० हजार पुरस्कार पाए । त्यस्तै प्रतियोगिताभर १० विकेट लिएका त्रिभुवन आर्मीका अभिनाश बोहोरा उत्कृष्ट बलर बने । त्यस्तै ग्रेट हिमालय क्रिकेट एकेडेमीका सागर ढकाल इमर्जिङ प्लेयर घोषित भए । दुवैले जनही १० हजार पुरस्कार पाए ।

प्रतियोगिता करिव १ महिनासम्म चलेको थियो भने देशभरका २० टोलीले सहभागिता जनाएका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal