सिमरा गोल्डकप अार्मी जित्यो, सिजनको पाँचाैं उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०५
  • |
  • 307 पटक हेरिएको

थ्रीस्टार क्लवलाई हराउँदै विभागीय टिम त्रिभुवन आर्मी नवाैं सिमरा गोल्डकपको च्याम्पियन बनेको छ ।

सिमरा रंगशालामा आज भएको खेलमा आर्मीले थ्रीस्टारलाई २–० गोलले हरायो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५८औं मिनेटमा आर्मीले अग्रता बनायो ।

आर्मीका लागि दिनेश हेम्जनले गोल गरे । उनले नवयुग श्रेष्ठको पासको सदुपयोग गरेका थिए ।

त्यसपछि ७३औं मिनेटमा भरत खवास र दिनेश हेम्जनको साझेदारीमा नवयुग श्रेष्ठले गोल गरे । त्यसपछि थ्रीस्टार खेलमा फर्कन सकेन र आर्मीले उपाधि उचाल्यो ।

आर्मीको यो सिजन यो पाँचौं उपाधि हो । आर्मी यो बर्ष काठमाडौ बाहिरका प्रतियोगिता जित्ने सबै भन्दा सफल क्लव पनि बनेको छ ।

अार्मीले जारी सिजन ९ प्रतियोगिता खेल्दा ५ वटाको उपाधि उचाल्यो । यसअघि आर्मीले विशाल मेमोरियल, सताक्षी गोल्डकप, काँकडभिट्टा गोल्डकप र खप्तड गोल्डकपको उपाधि जितेको थियो ।

सिमरा गोल्डकपको फाइनलमा आर्मीको जितमा पहिलो गोल गरेका दिनेश हेन्जन उत्कृष्ट खेलाडी घोषित भएका छन । उनले एक थान मोटर साइकल पाए ।

विधागत रुपमा को को बने उत्कृष्ट

यस्तै विधागत रुपमा पनि आर्मीका खेलाडीको बर्चश्व रह्यो ।

बेष्ट गोलकिपर विकेश कुथु आर्मी
बेष्ट डिफेन्डर विमल पाण्डे आर्मी
बेष्ट मिडफिल्डर निराजन खड्का थ्रीस्टार
बेष्ट फरवार्ड जर्ज प्रिन्स कार्की आर्मी
सर्वाधिक गोल कर्ता दिनेश हेन्जन आर्मी
बेष्ट प्रशिक्षक नविन न्योपाने आर्मी

विजेता सबैले जनही १५ हजार रुपैया पाए । विजेता आर्मीले ५ लाख ५५ हजार रुपैया हात पारयो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal