पाकिस्तानी क्रिकेट बोर्डको सल्लाहकारमा सोएब अख्तर
- नेप्लेज
- |
- २०७४-११-०५
- |
- 225 पटक हेरिएको
सोएब अख्तर पाकिस्तानी क्रिकेट बोर्डको सल्लाहकारमा नियुक्त भएका छन ।
पाकिस्तानी राष्ट्रिय टिमका तेज गतिका पूर्व बलर अख्तर पाकिस्तान क्रिकेट बोर्डमा ब्राण्ड एम्बेस्डर पनि भएका छन ।
पाकिस्तान क्रिकेट बोर्डले आफनो आधिकारीक सामाजिक सञ्जालमा अख्तर सल्लाहकार नियुक्त भएको जानकारी गराएको हो ।
पाकिस्तान बोर्डका प्रमुख नजम सेथीले ट्विटरमा अख्तरलाई नयाँ जिम्मेवारी दिएको बताए ।
तिब्र गतिका बलर अख्तरले आफनो सक्रिय खेल जीवन हुँदा एक सय दशलमव दुई माइल प्रतिघण्टाको गतिमा बल फालेका थिए । जुन विश्व रेकर्ड हो ।
अख्तरले पनि नयाँ जिम्मेवारीलाई गम्भिर रुपमा लिएको र पाकिस्तान क्रिकेटलाई अर्को लेभलसम्म पुर्याउने बताए ।
साथै उनले यो पोजिसनको जिम्मेवारी पाउनु खुसिको विषय भएको बताए ।
अख्तरले १९९७ देखि २०११ सम्म राष्ट्रिय टिमबाट खेलेका थिए ।
जसमा उनले ४६ टेष्ट र १ सय ६३ एकदिवसिय तथा १५ टी–२० खेल खेलका थिए । जसमा कुल ४४४ विकेट लिएका छन ।