भारतका उमेश पटवाल नेपालको नयाँ ‘ब्याटिङ कन्सल्ट्यान्ट’

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०५
  • |
  • 232 पटक हेरिएको

जिम्बावेमा हुने आइसीसी विश्वकप छनोट क्रिकेटका लागि ब्याटिङ परामर्शदाताका रूपमा भारतका उमेश पटवाल नेपालको आउने भएका छन् ।

नामिबियामा बिहीबार सम्पन्न विश्व क्रिकेट लिग डिभिजन डिभिजन २ मा नेपाली टोलीका ब्याटिङ परामर्शदाताको भूमिकामा रहेका भारतकै सुलक्षण कुलकर्णीको अवधि सकिएपछि विश्वकप छनोटका लागि पटवाल नेपाल आउने भएका हुन ।

उनी मंगलबार काठमाडौं आउने र लगत्तै नेपाली टोलीसँग विश्वकप छनोटलाई जिम्बावे जाने छन् ।

कुलकर्णी शुक्रबार नामिबियाबाटै भारत फर्किएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का नेपाल प्रतिनिधि भावना घिमिरेले जनाए अनुसार टिमको अनुरोधमा पटवाललाई नेपाली टोलीमा राख्न लागिएको हो ।जसका लागि आइसीसीले पनि पटवालको नाम स्विकृत गरिसकेको छ ।

मुम्बईका पटवाल यसअघि अफगानिस्तानमा ब्याटिङ प्रशिक्षक थिए । अफगानिस्तानले २०१४ को विश्व टान्टी–२० र एसिया कप खेल्दा उनी ब्याटिङ प्रशिक्षण टोलीमा थिए ।

विश्वकप छनोट जाने टोलीमा ट्रेनर भारतकै सुवासचन्द्र पात्र पनि हुनेछन् । पछिल्लो समय नेपाली टोलीसँग रहँदै आएका पात्र नामिबिया जानुअघि नेपाली टोलीसँग अभ्यासका क्रममा जिम्बावे भ्रमणमा थिए । उनी आइतबार नेपाल आउने छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey