उपाधिको यात्रामा चेल्सी, लेस्टरसँगै चेल्सी पनि एफ ए कपको क्वाटरफाइनलमा

0

चेल्सीसंगै लेस्टर सिटी इग्लिस फुटबल प्रतियोगिता एफ ए कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन ।

घरेलु मैदान स्ट्याम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले हल सिटीलाई ४–० गोलले हरायो । उसको जितमा विलियमले २ गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै विलियमको गोल मार्फत अग्रता बनाएको चेल्सीका लागि २७ औ मिनेटमा पेद्रोले दोस्रो गोल गरे ।

त्यसपछि ३२ औ मिनेटमा विलियमले पुनः गोल गर्दै टिमको अग्रता ३–० मा पुरयाए । त्यसपछि ४२ औ मिनेटमा ओलिभर गिरुडको गोल मार्फत चेल्सीले अग्रता चार शुन्यमा पुरयायो ।

पहिलो हाफमा नै चार गोल गरेको चेल्सीले दोस्रो हाफमा भने थप गोल गर्न सकेन । तरपछि पहिलो हाफको अग्रता नै उसलाई क्वाटरफाइनलमा पुग्न प्रयाप्त भयो ।

लेस्टर पनि क्वाटरफाइनलमा, सेफिल्ड पराजित

एफ ए कप अन्तर्गत नै लेस्टरले सेफिल्डलाई १–० गोल अन्तरले हरायो । उसका मुख्य स्ट्राइकर रियाद महरेज १० दिनपछि टिममा फर्किदा लेस्टरले एफ ए कपको क्वाटरफाइनलमा स्थान बनायो ।

तर लेस्टरको जितमा जिमी भार्डेको एक गोल निर्णायक बन्यो । खेलको पहिलो हाफ गोल रहित बराबरी भएको थियो ।

तर ६६ औ मिनेटमा भार्डेले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र लेस्टरले अन्तिम ८ मा स्थान बनायो ।

भार्डेले २०१५ पछि लगातार ५ खेलमा गोल गर्न सफल भएका छन । सो बेला उनले ७ खेलमा लगातार गोल गरेका थिए ।

Post Add 1025X115
Loading...