क्याचबाट २० बर्षे ठिटोले जिते ५० हजार डलर
- नेप्लेज
- |
- २०७४-११-०५
- |
- 171 पटक हेरिएको
अस्ट्रेलिया र न्युजिल्यान्डबीच शुक्रबार भएको टि–२० क्रिकेटमा एउटा रोमाञ्चक घटना भएको छ।
किवी टोलीका व्याट्सम्यान रोस टेलरको क्याच मैदान भित्र कंगारुका कुनै फिल्डरले समात्न सकेनन्।
तर, मैदानबाहिर २० वर्षका एक स्कुले ठिटो मिचेल ग्रिम्सस्टोनले टेलरको क्याच समात्दै न्युजिल्यान्डको ५० हजार डलर जित्न सफल भए।
टेलरले मिडविकेटमा दोस्रो छक्काका लागि हानेको बल रंगशालामा उपस्थित मिचेलले समातेका थिए।
हाल न्युजिल्यान्डमा भइरहेको टि–२० त्रिकोणात्मक शृंखलामा स्थानीय एक रक्सी कम्पनीले मैदान बाहिर क्याच समात्ने दर्शकलाई ५० हजार नगदको व्यवस्था गरेको छ।
टेलरले यो खेलमा अविजित रहँदै २ छक्काको सहयोगले १७ रन बनाएका थिए। उनले खेल सकिएपछि दर्शकलाई बधाई पनि दिएका छन्।
यो खेल न्युजियान्डले ५ विकेटले गुमाएको थियो।