२० वटा ग्राण्डस्लाम विजेता फेडररको अर्को अचम्मको किर्तिमान

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०५
  • |
  • 196 पटक हेरिएको

स्विस खेलाडी रोजर फेडररले टेनिस इतिहासमा अर्को किर्तीमान बनाएका छन ।

नेदरल्याण्डको रोटेरडम टेनिसको सेमिफाइनलमा पुग्दै फेडरर विश्व बरियताको शिर्ष स्थानमा उक्लने सबै भन्दा बढी उमेरको खेलाडी बनेका छन ।

रोटेरडममा भएको खेलमा फेडररले घरेलु खेलाडी रोविन हासेलाई दुई एकको सेटमा पराजित गर्दै सेमिफाइलनमा स्थान बनाए । उनले रोविनलाई ४-६,६-१,६-१ को सेटमा पाखा लगाए ।

बर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको उपाधि जित्दै करियरमा २० औ ग्राण्डस्लाम हात पारेका फेडरर पुनः २०१२ पछि टेनिस बरियताको पहिलो नम्वर उक्लिएका छन ।

साथै उनले सबै भन्दा बढी उमेरमा टेनिस बरियताको शिर्ष स्थानमा उक्लने किर्तीमान पनि बनाएका छन । फेडरर ३६ बर्ष एक सय ९५ दिनमा टेनिस बरियताको पहिलो स्थानमा उक्लेका हुन ।

यसअघि अमेरीकी पुर्व खेलाडी आन्द्रे आगासी २००३ मा ३३ बर्षको उमेरमा हुदा विश्व बरियताको शिर्ष स्थानमा रहेका थिए ।

फेडररले २०१६ मा हुदा चोटका कारण ६ महिना मैदानबाहिर रहेका थिए । त्यसपछि उनले पाच मध्ये ३ वटा ग्राण्डस्लामको उपाधि जितेका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal