मलेसियामा भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०४
  • |
  • 230 पटक हेरिएको

मलेसियाको क्वालाम्पुरमा शुक्रबारबाट सुरु भएको हिमालयन गोल्डकपको उद्घाटनका अवसरमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाली टोलीले जित हासिल गरेको छ ।

क्वालाम्पुरस्थित मलेसियाकै पुरानो मर्डेका स्टेडियममा भएको मैत्रीपूर्ण खेलमा नेपालले मलेसियाको प्रहरी टोलीलाई २–० गोलले पराजित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले दुवै हाफमा एकएक गोल गरेको थियो । नेपालका लागि दुवै गोल दिपेश आलेमगरले गरे ।

उनले खेलको २० औं र ४७औं मिनेटमा गोल गरेको मलेसियाबाट नेपाली टोलीका प्रशिक्षक सुन्दर थापाले जानकारी दिए ।

विगत तीन वर्षदेखि हुँदै आएको हिमालयन गोल्डकपको उद्घाटन मलेसियाका लागि नेपालका कार्यबहाक राजदूत कुमारराज खरेलले गरेका थिए ।

प्रतियोगितामा मलेसियामा रहेका नेपालीहरुको २२ टोलीको सहभागिता रहेको हिमालयन फुटबल क्लबका अध्यक्ष सन्तोष कार्कीले जानकारी दिए ।

नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले आकर्षक नगद पुरस्कार पाउने अध्यक्ष कार्कीले बताए ।

मैत्रीपूर्ण खेलमा सहभागी हुन मदन भण्डारी स्पोर्ट्स एकेडेमीको प्रतिनिधित्व गर्दै २१ सदस्यीय नेपाली टोली बुधबार मलेसिया गएको थियो ।

नेपाली टोलीलाई नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका थिए । नेपाली टोली मंगलबार स्वदेश फर्किने छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal