अन्तरविद्यालय बास्केटबलको उपाधिका लागि इनोभेटिभ र भ्याली पब्लिक भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०४
  • |
  • 222 पटक हेरिएको

आयोजक इनोभेटिभ सातौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार फाइनलमा प्रवेश गरेको छ ।

दोश्रो सेमिफाइनलमा इनोभेटिभले ग्रिनल्यान्डलाई २९–२८ को झीनो अन्तरले पराजित गर्दै भ्याली पब्लिकसंग फाइनल भेट पक्का गर्यो ।

इनोभेटिभकी ममता गुरुङले ११ अंक जोडिन् । भ्याली पब्लिक बिहीबारै श्रीदिवालाई २३–२१ ले हराउदै फाइनलमा पुगिसकेको छ ।

सिनियर ब्वाइजमा एचएचसीए र भ्याली पब्लिक फाइनलमा पुगे । एचएचसीसीएले रेडिअन्टलाई ५७–४० ले पाखा लगायो । विजेताका विशाल राईले २० स्कोर गरे । सुन्दर तामाङको १८ अंक सहयोगमा भ्याली पब्लिकले इनोभेटिभलाई ६६–४३ ले पन्छायो ।

जुनियर ब्वाइजमा पुष्पसदन र रेडिअन्टले उपाधि भिडन्त पक्का गरे । पुष्पसदनले इनोभेटिभलाई ३९–१७ तथा रेडिअन्टले ज्ञान निकेतनलाई २४–१२ ले निराश पारे । पुष्पसदनका रोजिन महर्जन तथा रेडिअन्टका प्रस्तुत पौडेलले समान १२–१२ अंक जोडे । फाइनल आइतबार हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey