४ दिनको फरकमा रुपन्देहीमा २ गोल्डकप हुने, पुरस्कार राशीमा पनि होडवाजी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०४
  • |
  • 172 पटक हेरिएको

पछिल्लो समय गुणस्तरिय फुटवल खेल भन्दा सर्वाधीक पुरस्कारको होडबाँजी फुटवल खेलमा धेरै देखिन्छ ।

जसले गर्दा गुणस्तरीय खेलाडी उत्पादन गर्न समस्या देखिएको छ । त्यसको उदाहरण यही फागुन महिनामा रुपन्देहीका दुई सस्थाले गर्न लागेका छुट्टा छुट्टै फुटवल म्याचहरुबाट लिन सकिन्छ ।

जिल्ला फुटवल संघ रुपन्देहीले २० औँ तिलोत्तमा गोल्ड कप र मदन भण्डारी स्पोर्टस् एकेडेमीले तेस्रो मदन भण्डारी गोल्डकप आयोजना गर्दै छन् ।

फागुन २४ र २८ गते हुने प्रतियोगिताको प्रथम पुरस्कार सात लाख सात हजार सात सय ७७ र १५ लाख राखिएको छ ।

बिडम्बना चार दिनको फरकमा राखिएको प्रतियोगिताका सम्भावित टिमहरु नेपालकै ए डिभिजन टिमहरु छन् । यसले टीम संचालकहरुलाई पनि दोधार बनाउने देखिन्छ ।

प्रतियोगिताका आयोजकहरु भने आफ्नो म्याच निर्धारित मितिमै गर्नेमा दाबी गर्दछन् ।

दुबै सस्था अहिले प्रतियोगिताको मुख्य प्रायोजक खोज्ने काममा जुटेका छन् ।

तिलोत्तमाको करीब ८४ लाख खर्च अनुमान गरिएको छ भने मदन भण्डारी गोल्ड कपलाई एक करोड दश लाख खर्च अनुमान गरिएको छ ।

मदन भण्डारीले खेलाडिहरुलाई आकर्शित गर्न पहिलो पटक खेल अवधि भर तीन लाख बराबरको खेलाडी बिमा राखेको छ ।

तर यस्ता प्रतियोगिताले खेलाडीको इन्जुरी हुने सम्भावना धेरै हुने भएकाले सम्भावना पनि रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey