तिलोत्तमा गोल्डकप फागुन २४ गतेबाट, पुरस्कार राशी बढाइयाे

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०४
  • |
  • 286 पटक हेरिएको

तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको नयाँ सस्करण फागुन २४ गतेबाट हुने भएको छ ।

बुटवलको एन्फा टेक्निकल सेन्टरमा हुने प्रतियोगिता चैत ३ गते सम्म चल्नेछ । प्रतियोगितामा १२ टोलीको सहभागिता रहने आयोजकले बताएका छन ।

यसपटकको विजेताले ७ लाख, ७७ हजार ७ सय ७७ तथा दोस्रो हुने टोलीले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् भने विधागत उत्कृष्टले समान २१-२१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको अनुमानित खर्च ८६ लाख रुपैयाँ गरिएको छ । प्रतियोगिताका लागि बुटवल उपमहानगरपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराएको छ ।

यसपटक आयोजकले पुरस्कार राशीमा २ लाख रुपैयाँ बढाएका छन । गत वर्षको विजेताले ५ लाख ५५ हजार पाएको थियो भने  यसपटकको विजेताले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पाउनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal