नेपाली क्रिकेट टोली शनिबार काठमाडौ फर्कने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०४
  • |
  • 193 पटक हेरिएको

काठमाडौ ४ फागुन ।  आईसीसी डिभिजन वानमा उक्लिएको नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार काठमाडौ फर्कने भएको छ ।

नामिवियामा भएको डिभिजन टुमा उप विजेता बन्दै डिभिजन वानमा नेपाल उक्लिएको छ ।

याे पनि पढ्नुस

डिभिजन वानमा उक्लिएको नेपाल उप विजेता पनि बनेको छ । नेपाली टोली शनिबार राती ७ः५५ मा नेपाल फर्कने क्यानले जनाएको छ ।

हिजो सम्पन्न भएको प्रतियोगिताको उपाधी भिडन्तमा नेपाल युएईसँग ७ रनले पराजित भएको थियो ।

नेपाल उप विजेता भएसँगै आगामी २० गतेबाट हुने विश्वकप क्वालीफाएर राउन्डमा सहभागि हुने छ ।

जसमा नेपाल अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड र हङकङसँगै समूह बी मा परेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey