प्रधानमन्त्री कप भलिबलमा एपीएफ र न्यू डायमण्डको विजयी सुरुआत

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०३
  • |
  • 207 पटक हेरिएको

फागुन ३, बाँके । पाँचौ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलमा न्यु डायमण्ड र एपीएफले विजयी सुरुआत गरेका छन् ।

बिहीवार भएको उदघाटन खेलमा समूह ए बाट न्यू डायमण्डले नेपाल पुलिसलाई ३–० को सोझो सेटमा हरायो । न्यू डायमण्डले पुलिसलाई २५–१९, २५–१४, २७–२५ ले हरायो ।

अर्को खेलमा समूह बीबाट एपीएफले बंगालदेशको इफाट महिला भलिबल क्लबलाई २५–९, २५–७, २५–११ को सोझो सेटमा हरायो ।

प्रतियोगितामा नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, न्यू डायमण्ड, आयोजक टिम, बिदेशी टिममा बंगलादेश र भारत देहरादुतको टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता फागुन ७ गतेसम्म चल्नेछ ।

प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey