खुकुरी कपको उपाधिका लागि बालुवाटार र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०३
  • |
  • 325 पटक हेरिएको

फागुन ३, काठमाडाैं । काठमाडौंमा जारी खुकुरी च्याजेञ्जर्स कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि बालुवाटार क्रिकेट क्लव र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुने भएको छ ।

बिहीबार भएका सेमिफाइनल खेलमा बालुवाटारले शान्तिनगर युथ क्लवलाई ४ विकेटले हराउँदा काठमाडौंले रोयल पीसी फाइटरबिरुद्ध ४१ रनको जित निकाल्यो ।

शान्तिनगरले दिएको १४८ रनको लक्ष्य बालुवाटारले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । सुरुआती ब्याट्सम्यानले अपेक्षाकृत प्रदर्शन गर्न नसके पनि छैटौं नम्बरका ब्याट्सम्यान सोनु तामाङले ५६ रनको अर्धशतकीय पारी खेल्दै बालुवाटारलाई फाइनलमा पुर्याए । उनी खेलको म्यान अफ द म्याचसमेत भए । बालुवाटारका लागि पृथु बास्कोटाले ३९ र ओपनर प्रनित थापामगरले २० रन बनाएका थिए ।

बलिङतर्फ शान्तिनगरका रामनरेश गिरी, सुनील धमला, अजय राजवंशी, मञ्जित श्रेष्ठ, मुकुन्द यादव र फिरदोस अन्सारीले एक एक विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको शान्तिनगरले सिद्धान्त लोहनीको विष्फोटक पारीको सहयोगमा ४ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

३६ बल खेलेका सिद्धान्तले ९ चौका र ३ छक्काको सहयोगमा ७३ रनको अविजित पारी खेले । त्यसअघि ओपनर अमित श्रेष्ठले पनि ३३ रन जोडेका थिए । बलिङतर्फ बालुवाटारका अमरसिंह रौतेलाले २ विकेट लिए ।

बिहीबारै भएको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरले ७ विकेटको क्षतिमा १६३ रन बनाउँदा सुमित महर्जनले ५६ रनको अविजित अर्धशतकीय पारी खेले । त्यस्तै सञ्जय बस्नेतले पनि २५ रन बनाए । काठमाडौंले २० अतिरिक्त रन पाएको थियो ।

बलिङतर्फ रोयल पीसी फाइटरका शमसेर चन्द र प्रकाश विष्टले २–२ विकेट लिए ।

१६४ रनको लक्ष्य पछ्याएको रोयल पीसीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२२ रनमात्र बनाउन सक्यो । उसका लागि सन्दिप सुनारले ५३ रन बनाए पनि साथ दिने कोही नहुँदा हार ब्याहोर्नुपरेको हो । बलिङतर्फ काठमाडौंका सञ्जय बस्नेतले ३ विकेट लिँदा अदिल खान र सुमित झाले २–२ विकेट लिए । सञ्जय बस्नेत खेलको म्यान अफ द म्याच चुनिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal