जितका लागि नेपालसामू २७८ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०३
  • |
  • 190 पटक हेरिएको

फागुन ३ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को फाइनलमा युएईले नेपाललाई २७८ रनको लक्ष्य दिएको छ ।

नामिवियाको विन्डहक स्थित वन्डरर्स क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गरेको युएईले ५० ओभरमा ४ विकेट गुमाउदै २७७ रन बनायो ।

उसका ओपनर रोहन मुस्तफा र अस्फाक अहमदले उत्कृष्ट ब्याटिङ गर्दै पहिलो विकेटका लागि सतकिए साझेदारी गर्न सफल भए । युएईको स्कोर १०१ रन हुदा नेपालका लागि बसन्त रेग्मीले पहिलो सफलता दिलाए । रोहन मुस्तफा ५१ रनमा आउट भए ।

त्यसपछि दोस्रो विकेटका लागि अस्फाक र घुलाम साबेरले अर्को बलियो साझेदारी गर्दै टिमको स्कोर १५० रन कटाए । तर युएईको स्कोर १६३ रन हुदा नेपालले दोस्रो विकेट लियो । उसका घुलाम सब्बेर १८ रनमा रनआउट भए ।

युएईका ओपनर अस्फाक अहमदले नेपाल विरुद्ध सतक प्रहार गरे । अस्फाकले १०९ बलमा १० चौका र २ छक्काको मद्दतले सतक हिर्काए । युएईको स्कोर २११ रन हुँदा नेपालले तेस्रो विकेट लियो ।

यसपटक सन्दिपले अस्फाकलाई सिकार बनाए । अस्फाकले ११४ रन बनाए । त्यसपछि सैमन अनवर ब्यक्तिगत ४० रनमा आउट भएपछि युएईले २६६ रनमा चौथो विकेट खेर फाल्यो ।

युएईका लागि रमिज सहजादले ४१ रनको योगदान गरे । बलिङतर्फ नेपालका सोमपाल कामी, सन्दिप लामिछाने र बसन्त रेग्मीले एक एक विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey