नेपालविरुद्ध अस्फाकको शतक

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०३
  • |
  • 207 पटक हेरिएको

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत उपाधिका लागि नेपालले अहिले युएईको सामना गरिरहेको छ ।

नामिवियाको विन्डहक स्थित वन्डरर्स क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङको निर्णय गरेको युएईका ओपनर रोहन मुस्तफा र अस्फाक अहमदले उत्कृष्ट ब्याटिङ गर्दै पहिलो विकेटका लागि सतकिए साझेदारी गर्न सफल भए ।

युएईको स्कोर १०१ रन हुदा नेपाललाई बसन्त रेग्मीले पहिलो सफलता दिलाए । रोहन मुस्तफा ५१ रनमा आउट भए ।

त्यसपछि दोस्रो विकेटका लागि अस्फाक र घुलाम साबेरले अर्को बलियो साझेदारी गर्दै टिमको स्कोर १५० रन कटाए ।

तर युएईको स्कोर १६३ रन हुदा नेपालले दोस्रो विकेट लियो । उसका घुलाम सब्बेर १८ रनमा रनआउट भए ।

युएईका ओपनर अस्फाक अहमदले नेपाल विरुद्ध सतक प्रहार गरेका छन । टिमलाई बलियो सुरुवात दिलाएका अस्फाकले १०९ बलमा १० चौका र २ छक्काको मद्दतले सतक प्रहार गरे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal