नेपाललाई पहिलो सफलता, बसन्तले लिए विकेट

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०३
  • |
  • 138 पटक हेरिएको

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत उपाधिका लागि नेपालले अहिले युएईको सामना गरिरहेको छ ।

नामिवियाको विन्डहक स्थित वन्डरर्स क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङको निर्णय गरेको छ ।

अर्को महिना हुने विश्वकप छनोटमा स्थान बनाइसकेको युएईले आज सुरुवात राम्रो गर्न सफल भयो ।

पहिलो विकेटका लागि रोहन मुस्तफा र अस्फाक अहमदले उत्कृष्ट ब्याटिङ गर्दै सतकिए साझेदारी गर्न सफल भए ।

उसका ओपनर रोहन अस्फाकले अर्धसतक प्रहार गरे ।

आज नेपाली बलरहरु पुर्ण रुपमा दबावमा रहे ।

युएईको स्कोर १०१ रन हुदा नेपाललाई बसन्त रेग्मीले पहिलो सफलता दिलाए । रोहन मुस्तफा ५१ रनमा आउट भए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey