रियल मड्रिड र लिभरपुल विजयी, मानेले ह्याट्रिक गर्दा रोनाल्डोको च्याम्पियन्स लिगमा १०० गोल

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०३
  • |
  • 259 पटक हेरिएको

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको प्रिक्वाटरफाइनलको पहिलो लेगमा रियाल मड्रिड र लिभरपुल विजयी भएका छन ।

घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा रियालले फ्रेन्च क्लव पेरीस सेन्ट जर्मेनलाई ३–१ गोल अन्तरले हरायो । रियालको जितमा दुई गोल क्रिस्टियानो रोनाल्डोले गरे ।

त्यसोत रियालले पिएसजीको एक गोलको अग्रता उल्ट्याएको हो । खेलको ३३ औ मिनेटमा एड्रिड राबियोटको गोल मार्फत पिएसजीले अग्रता बनाएको थियो ।

तर पहिलो हाफको अन्तिममा रियालले पेनाल्टीको अवसर पायो । जसलाई रोनाल्डोले गोलमा परिणत गर्नै खेल एक एक गोलको बराबरीमा पुरयाए ।

त्यसपछि ८३ औ मिनेटमा पुन रोनाल्डोले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई दुई एकको अवस्थामा पुरयाए । ८६ औ मिनेटमा मर्सेलोले रियालका लागि तेस्रो गोल गरे ।

जितपछि रियालले पहिलो लेगमा दुई गोलको अग्रता बनाएको छ । अब दोस्रो लेग पिएसजीको घरेलु मैदानमा हुनेछ ।

लिभरपुलले ठोक्यो ५ गोल

यस्तै अर्को खेलमा लिभरपुलले पोर्टोलाई ५–० को भारी अन्तरले हरायो ।

पोर्टोको घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा सादियो मानेले ह्याट्रिक गरे ।

खेलको २५ औ मिनेटमा मानेको गोलसंगै अग्रता बनाएको लिभरपुलका लागि २९औ मिनेटमा मोहम्मद सलाहले दोस्रो गोल गरे ।

एकतर्फि जस्तो बनेको खेलको ५३ औ मिनेटमा पुन मानेले टिमका लागि तेस्रो गोल गरे ।

त्यसपछि ६९ औ मिनेटमा रोबेर्टो फेरमिनोले गोल गरेपछि लिभरपुलले चार शुन्यको अग्रता बनायो ।

८५ औ मिनेटमा पुन मानेले गोल गर्दै ब्यक्तिगत ह्याट्रिक पुरा गरे भने टिमलाई ५–० को जित दिलाए ।

यो जितसंगै लिभरपुल क्वाटरफाइनल नजिक पुगेको अब उसले घरेलु मैदानमा दोस्रो लेग खेल्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey