मायांका राणा जुनियर र्‍याङकिङ टेनिसको क्वार्टरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०२
  • |
  • 316 पटक हेरिएको

फागुन २, काठमाडौं । नेपाली टेनिस इतिहासमै पहिलो पटक नेपाली खेलाडी मयांका राणा आईटीएफ विश्व जुनियर र्‍याङकिङ प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेकी छन् ।

सातदोवाटोस्थित कोर्टमा जारी आईटीएफ यू–१८ सर्किट टू प्रतियोगिता अन्तर्गत महिला एकलतर्फ मायांकाले नेपालकै इरा मेहेरनिशा रावतलाई २–० को सोझो सेटमा हराइन् ।

पहिलो सेट ६–१ ले जितेकी मायांकाले दोस्रो सेटमा पनि ६–२ को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिन् ।

विश्व बरियाताको प्रतिस्पर्धामा कुनै पनि नेपाली खेलाडीले गरेको यो सबैभन्दा उच्च प्रदर्शन हो ।

महिना एकलतर्फं आज भएका खेलहरुमा नेपालकी माहिका राण जापानकी मियो कोजाकीसँग २–० को सेटमा पराजित भइन् । तयस्तै यसै बिधामा भारतकी चार खेलाडीले पनि क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे । हङकङ र चीनका एक एक खेलाडी पनि यसै बिधाको क्वार्टरफाइनलमा पुगे ।

प्रतियोगितामा महिला र पुरुष एकलतर्फको क्वार्टरफाइनल समिकरण पूरा भएको छ भने पुरुष डबल्सको सेमिफाइनल समीकरण पूरा भएको छ । महिला डवल्समा अन्तिम क्वार्टरफाइनल खेल हुन बाँकी छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey