प्रधानमन्त्री कप महिला भलिबल विहीबारदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०२
  • |
  • 267 पटक हेरिएको

पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबलमा सहभागी भएका टिमका कप्तानले प्रतियोगिता उत्कृष्ट खेल प्रदर्शन गर्ने बताएका छन ।

प्रतियोगिता अघि भएको पत्रकार सम्मेलनमा नेपाल पुलिस क्लबकी कप्तान कोपिला उप्रेतीले प्रधानमन्त्रीको नाममा भैरहेको प्रतियोगिताले हरेक वर्ष स्तर बढाउँदै लागेकोमा खुसी लागेको बताइन । उनले भनिन, हामी प्रतियोगिता खेल्न पाउँदा उत्साही हुन्छौं । अझ महिला भलिबलसँग मिस नेपाल जस्तो प्रतिष्ठित ब्यक्ति सदभावना दुतको रुपमा जोडिदा झन खुसी लागेको छौं । हामीसबैको सहकार्यबाट महिला खेलकुद, महिला भलिबल र महिला शसक्तिकरणमा योगदान गर्छ भन्ने लाग्छ । प्रतियोगिता गरेकोमा आयोजकलाई धन्यवाद ।

आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले प्रतियोगिताले महिला भलिबलको माध्यमबाट नेपालगन्जको कला संस्कृती, धर्म र समुदायलाई एकतामा बाध्न भुमिका खेलेको बताए । उनले भने, प्रतियोगितामा हरेक वर्ष स्तरीय खेलाडीले भाग लिइरहेको छन ।

यस वर्ष देखी बंगलादेश टिमको सहभागिताले हामीलाई उत्साही बनाएको छ । मिस नेपालले भलिबलको विकासमा सदभावना दुतको रुपमा काम गर्नु हाम्रो लागी झन गर्बको कुरा हो । यसका लागी मिस नेपालको आयोजक हिडेन टे«जर र मिस नेपाल निकितालाई विशेष आभारी ब्यक्त गर्न चाहन्छौ ।

बंगलादेशको इफान गु्रप महिला भलिबल टोलीकी कप्तान लाकी खातुनले प्रतियोगितामा नेपाली खेलाडीसँग खेल्न पाउनुलाई अवसरको रुपमा लिएको बताए । उनले भनिन, मलाई र मेरो टिमलाई यहाँ आउन पाउँदा खुसी लागेको छ । हामी आफनो खेल र क्षमताको विकास गर्ने कोसिस गरिरहेका छौं । यसमा प्रधानमन्त्री कप भलिबलले सहयोग गर्नेछ ।

आयोजक न्यु इन्द्रेणी बागेश्वरी स्पोटिङकी कप्तान शर्मिला नेपालीले हरेक वर्ष आफुभन्दा सिनियर दिदीसँग खेल्न पाउँनु उत्कृष्ट अवसर भएको बताइन । उनले भनिन, हामीले दिदिको खेल हेरेर आफनो खेललाई सुधार गर्ने कोसिस गछौं । घरेलु मैदानमा यस्तो प्रतियोगिता हुदा हामीलाई आफनो खेलको विकास गर्नु पर्छ भन्ने लाग्छ ।

देहरादुनकी कप्तान कृति थापाले प्रतियोगिताले खेलाडीको आत्मविश्वास बढाउन सहयोग गरिरहेको बताइन । उनले भनिन, मैले दोस्रो पटक प्रतियोगिता खेल्दैछु । प्रतियोगिता खेल्नका लागी हामी उत्साही हुने गरेको छौ । अझ नेपाल हाम्रो लागी रोजाईमा पर्ने गर्छ ।

बिहिबार देखी नेपालगन्ज रंगशालामा हुने प्रतियोगितामा नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, पश्चिमाञ्च, आयोजक टिम, बिदेशी टिममा बंगलादेश र भारत देहरादुतको टिमले प्रतिस्पर्धा गर्नेछन । प्रतियोगिता फागुनको ७ गते सम्म चल्नेछ । लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउनेछ ।

यसैगरी आयोजकले प्रतियोगिताको तयारी पुरा भैसकेको बताएको छ । प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टिम नेपालगन्ज आइसकेको आयोजक कमिटीका अध्यक्ष ठकुरीले बताए । उनले भने, प्रधानमन्त्री कप महिला भलिबलले खेलको विकासमा मात्र योगदान गरेको छैन ।

हामीले खेलको माध्यमबाट सिमामा सदभाव, धार्मिक र सांस्कृति सदभाव र एकतालाई कायम गर्न पनि योगदान गरिरहेको छ । प्रतियोगिताको उद्घाटनलाई भब्य बनाउन हामीले विशेष तयारी गरेको छौं । प्रतियोगिताको उद्घाटनमा विभिन्न जातजातिको प्रस्तुती, र्याली, स्थानीय धर्म, संस्कृती झल्कने प्रस्तुती देखाउने तयारी भैरहेको छ ।

यस वर्ष देखी प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिस होम मिडियाको एक्सन स्पोर्टस र पश्चिम नेपालको लोकप्रिय रेडियो रेडियो कृष्णसारले प्रत्यक्ष प्रसारण गर्ने छ ।

अहिले हामी प्रतियोगितालाई नेपालको नम्बर एक प्रतियोगिता बनाउने अभियानमा एक चरण माथी पुगिसकेको छौं । यसले हामी आयोजक टिमलाई उत्साही बनाएको छ । अझ प्रतियोगितालाई नेपालगन्ज शैक्षिक संस्था, उद्योग, ब्यापारी, सामाजिक अगुवा मिडिया कर्मीको साथ र सहयोगले हामी प्रतियोगिता आगामी वर्ष दक्षिण एसियाली स्तरको प्रतियोगिता बनाउने अभियानमा लाग्नु पर्ने दबाब बढिरहेको ठकुरीले बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey