क्यानडाबाट नेपालले पायो १९५ रनको लक्ष्य

0

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले क्यानडाबाट एक सय ९५ रनको लक्ष्य पाएको छ ।

विन्डहममा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउदै एक सय ९४ रन बनायो । क्यानडाको स्कोर ४६ रनमा बसन्त रेग्मीले नेपाललाई पहिलो सफलता दिलाए ।

क्यानडाका रुभिन्दु गुनसेकारा नौ रनमा आउट भए । त्यसपछि ५७ रन हुदा सन्दिपले नेपाललाई दोस्रो सफलता दिलाए । कप्तान नितिश कुमार ५ रनमा आउट भए ।

६७ रन हुदा पुनः सन्दिपले नेपाललाई तेस्रो विकेट लिन सफल भए । क्यानडाको स्कोर ९० रन हुदा नेपालले चौथो विकेट लिए । यसपटक बसन्त रेग्मीले विकेट लिए ।

त्यसपछि क्यानडाको स्कोर एक सय ३१ रन हुदा करन केसीले हम्जा तारीकलाई ब्यक्तिगत २४ रनमा आउट गर्न सफल भए । त्यसपछि क्यानडाको स्कोर एक सय ५७ रन हुदा नेपालले सात विकेट लिन सफल भयो ।

लगत्तै बसन्त रेग्मीले ब्यक्तिगत तेस्रो विकेट लिएपछि क्यानडाले १६१ रनमा ८ विकेट गुमायो । उसका लागि ओपनर श्रीमन्थले सतकिए पारी खेले । उनले अविजीत एक सय तीन रन बनाए । बलिङ तर्फ नेपालका बसन्त रेग्मीले ३ तथा सन्दिप लामिछानेले दुई विकेट लिए ।

Post Add 1025X115
Loading...