– अन्तिम अाेभरमा नेपाललार्इ जितका लागि ८ रन अावश्यक
– ४६ अाेभरमा नेपाल- १६३/९
– सेट ब्याट्सम्यान अारिफ शेख पनि अाउट भएका छन् ।
– जितका लागि नेपाललार्इ ४८ बलमा ५१ रन अावश्यक छ ।
– ४१.४ अाेभरमा बसन्त रेग्मी पनि अाउट भएका छन् । नेपाल हारतर्फ उन्मुख देखिन्छ । करण केसी ब्याटिङका लागि क्रिजमा अाएका छन् ।
– बसन्त रेग्मी क्रिजमा अाएका छन् ।
– नेपालले अर्काे झड्का ब्यहाेरेकाे छ । साेमपाल कामी ४०.५ अाेभरमा ७ रन बनाएर अाउट भएका छन् ।
– नेपालले ४० अाेभरमा ६ विकेट गुमाएर १३९ रन जाेडेकाे छ । जितका लागि नेपाललार्इ ६० बलमा ५६ रन अावश्यक छ ।
– नयाँ ब्याट्सम्यानकाे रूपमा साेमपाल कामी क्रिजमा अाएका छन् ।
– ३८अाैं अाेभरकाे दाेस्राे बलमा राेहित कुमार पाैडेल २७ रनकाे व्यक्तिगत स्काेरमा अाउट भएका छन् ।
– ३७ अाेभरमा नेपाल- १२५/५
– वर्षा राेकिएपछि खेल सुरू भएकाे छ ।
– डकवर्थ लुइस नियमअनुसार नेपाल याे अवस्थामा क्यानडा भन्दा १० रनले पछि छ ।
– यसै अवस्थामा खेल पुनः सुरू हुन नसके नेपाल पराजित हुनेछ । नेपाललार्इ जितका लागि १६ अाेभरमा ८० रज अावश्यक छ भने उसँग ५ विकेट बाँकी छन् ।
– पीच कभरले ढाकिएकाे छ भने खेलाडीहरू मैदानबाट पेविलियनतर्फ गएका छन् । वर्षा विस्तारै भारी हुँदै गइरहेकाे छ ।
– वर्षाका कारण खेल राेकिएकाे छ ।
– ३४ अाेभरमा नेपालले ५ विकेट गुमाएर ११५ रन जाेडेकाे छ । राेहित र अारिफले छैटाैं विकेटका लागि ३४ रनकाे साझेदारी गरेका छन् ।
– विण्डहककै एफिज पार्कमा भइरहेकाे नामिविया र युएर्इबीचकाे खेल वर्षाका कारण राेकिएकाे छ ।
– राेहित पाैडेल र अारिफ शेखले ७ अाेभरमा २७ रनकाे साझेदारी गरिसकेका छन् ।
– ३२ अाेभरमा नेपालले १०० रनकाे अाँकडा पार गर्दै १०८ रन बनाएकाे छ । जितका लागि नेपाललार्इ १८ अाेभरमा ८८ रन अावश्यक छ ।
– अारिफ र राेहितले केन्याबिरूद्दकाे साेमबार भएकाे खेलमा महत्वपूर्ण साझेदारी गर्दै जित दिलाएका थिए । फेरि एक पटक नेपालले उनीहरूबाटै अाशा गरेकाे छ ।
– राेहित कुमार पाैडेल नयाँ ब्याट्सम्यानकाे रूपमा क्रिजमा अाएका छन् ।
– नेपालकाे पाँचाैं विकेट पतन भएकाे छ । २५अाैं अाेभरकाे अन्तिम बलमा दिपेन्द्र सिंह एरी १८ रनकाे व्यक्तिगत स्काेरमा अाउट भएका छन् । साद विन जफरले उनलार्इ कट एण्ड बल गरेका हुन् ।
– पानी परेर खेल पुनः सुरू भएन भने अहिलेकाे अवस्थामा नेपालले खेल गुमाउनेछ ।
– नामिवियाकाे वण्डरर्स मैदानमा पानी पर्न लागेकाे छ । मेघ गर्जिएकाे छ भने अँध्याराे बढिरहेकाे छ ।
– नयाँ ब्याट्सम्यानकाे रूपमा अारिफ शेख क्रिजमा अाएका छन् । केन्याबिरूद्दकाे खेलमा अारिफकाे संयमित पारीले नेपालले जित दर्ता गराएकाे थियाे ।
– नेपालले अर्काे विकेट गुमाएकाे छ भेषावकरकाे रूपमा । अनुभवी ब्याट्सम्यान भेषावकर साद विन जफरकाे बलमा अाउट भएका छन् । ५ बल खेलेर उनले १ रन बनाए ।
– नयाँ ब्याट्सम्यानकाे रूपमा शरद भेषावकर क्रिजमा अाएका छन् ।
– दिलिपले ६८ बल खेलेर ५ चाैका प्रहार गरे ।
– व्यक्तिगत ४१ रनकाे स्काेरमा खेलिरहेका दिलिप नाथ २१.२ अाेभरमा अाउट भएका छन् । तेस्राे विकेट लिने क्रममा सेसिल परभेजले उनलार्इ विकेट किपर हम्जा तारिककाे हातबाट स्टम्पिङ अाउट गराए ।
– २० अाेभर, नेपाल- ६५/२
– १८ अाेभर, नेपाल- ६१/२
– नेपालले ५० रनकाे अाँकडा पार गरेकाे छ । १७ अाेभरकाे समाप्तिमा नेपालले २ विकेट गुमाएर ५० रन पूरा गरेकाे हाे । दिलिप नाथ ३१ र दिपेन्द्र सिंह एेरी ७ रनकाे व्यक्तिगत स्काेरमा क्रिजमा छन् ।
– १५ अाेभरकाे समाप्तिमा नेपालले २ विकेट गुमाएर ४६ रन जाेडेकाे छ । अाेपनर दिलिप नाथ ३० रन बनाएर खेलिरहेका छन् भने दिपेन्द्र सिंह एेरीले ४ रन बनाउँदै उनलार्इ साथ दिइरहेका छन् ।
– १४ अाेभरमा नेपाल- ४४/२
– १३ अाेभर, नेपाल- ४३/२
– पावर प्लेकाे समाप्तिमा नेपालले २८ रन बनाएकाे छ भने २ महत्वपूर्ण विकेट गुमाइसकेकाे छ ।
– ९ अाेभरकाे समाप्तिमा नेपालले २ विकेट गुमाएर २५ रन जाेडेकाे छ ।
– परभेजले ह्याट्रिक लिन पाएनन् । दिपेन्द्र सिंह एेरीले उनकाे ह्याट्रिक बलमा १ रन लिएका छन् ।
– क्यानडाका परभेजलार्इ ह्याट्रिककाे अवसर छ । अाफ्नाे स्पेलकाे दाेस्राे अाेभरकाे पहिलाे बलमा उनलार्इ ह्याट्रिककाे अवसर हुनेछ ।
– दिपेन्द्र सिंह एेरी क्रिजमा अाएका छन् ।
– नेपाली टाेली यहाँ गम्भीर संकटमा परेकाे छ । लगातार दुर्इ बलमा नेपालका कप्तान र उपकप्तान अाउट भएका छन् । ज्ञानेन्द्र मल्ल अाउट भएपछि अाएका कप्तान पारसले परभेजले गुनासेकेराकाे हातबाट क्याचअाउट गराएका छन् ।
– ६.५ अाेभरमा नेपालले पहिलाे विकेट गुमाएकाे छ । सेसिल परभेजकाे बलमा ज्ञानेन्द्र मल्ल ९ रनकाे व्यक्तिगत स्काेरमा अाउट भए । नेपाल- २२/१
– साताैं अाेभरकाे दास्राे बलमा ज्ञानेन्द्रले सेसिल परभेजकाे बलमा छक्का प्रहार गरेका छन् ।
– ६ अाेभरकाे खेल सकिँदा नेपालले विना क्षति १६ रन बनाएकाे छ ।
– ५ अाेभरकाे खेल सकिँदा नेपालले विना क्षति १२ रन बनाएकाे छ ।
– उपकप्तान ज्ञानेन्द्र मल्ल र दिलिप नाथले नेपालकाे अाेपनिङ गरेका छन् ।
१९५ रनकाे लक्ष्य पछ्याएकाे नेपालले जवाफी ब्याटिङ सुरू गरेकाे छ ।
०००
– ४८ अाेभरकाे खेल सकिँदा क्यानडा १७७/८
– ४७ अाेभरकाे खेल सकिँदा क्यानडा १७३/८
– नेपालका बसन्त रेग्मीले ३, सन्दिप लामिछानेले २, करण केसी र शरद भेषावकरले १/१ विकेट लिएका छन् ।
– ५ अाेभरकाे खेल बाँकी रहँदा क्यानडाले ८ विकेटकाे क्षतिमा १६२ रन बनाएकाे छ । उसका श्रीमान्था विजेरत्ने ९१ रनमा क्रिजमा छन् ।
– ४५अाैं अाेभरमा क्यानडाले अाठाैं विकेट गुमाएकाे छ । बसन्त रेग्मीले क्यानडाका हेलीगरलार्इ खाता खाेल्नै नदिइ बाेल्ड गरेका छन् ।
– क्यानडाका श्रीमान्था विजेरत्ने ९० रनकाे स्काेरमा खेलिरहेका छन् । एउटा एण्डबाट विकेट झरिरहे पनि विजेरत्नेले अर्काे एण्डबाट उत्कृष्ट पारी खेलिरहेका छन् ।
– ४४ अाेभरकाे खेल सकिँदा क्यानडाले ७ विकेट गुमाएर १६० रन बनाएकाे छ ।
-३७ ओभर क्यानाडा १३५-५
-३४ ओभर क्यानडा १२३-४, यो ओभरमा करन केसीले १ रनमात्र दिएका छन ।
-३३ ओभर क्यानडा १२२-४, यो ओभरमा सोमपालले २ रन मात्र दिएका छन ।
-३२ ओभर क्यानडा १२०-४ यो ओभरमा सन्दिपले २ छक्का खाएका छन ।
-३१ओभर क्यानडा १०६-४
-नेपाली टिमलाई ठुलो घाटा लागेको छ । स्पिनिर सन्दिप लामिछाने घाइते हुदै मैदानबाट बाहिरीएको छ। फिल्डिङका क्रममा ह्यास्ट्रिङ भएपछि उनले बलिङ गर्न नसक्ने भएका छन । आजको खेलमा उनले २ विकेट लिएका छन । प्रतियोगितामा उनको कुल १६ विकेट पुगेको छ ।
-३० ओभर क्यानडा १०३-४
-नेपाल विरुद्ध क्यानडाले १०० रन पुर्याएको छ ।
-२९ ओभर क्यानडा ९८-४
-नेपाललाई चौथो सफलता बसन्तले लिए विकेट, क्यानडा ९३-४
-२६ ओभर क्यानडा ९०/३
– १८ अाेभर क्यानडा- ६७/३
– ड्रिंक्स पछिकाे पहिलाे अाेभरमा सन्दिपले ब्यक्तिगत दाेस्राे विकेट लिने क्रममा धानुका पाथीरानालार्इ २ रनकाे व्यक्तिगत स्काेरमा एलबीडब्ल्यू अाउट गरे ।
– १५ अाेभर क्यानडा ६२/२
– सन्दिपकाे विकेट मेडन अाेभर । क्यानडा- ५७/२, १४ अाेभर
– अाफ्नाे दाेस्राे अाेभरकाे पहिलाे बलमा उनले क्यानडाका नितिश कुमारलार्इ उपकप्तान ज्ञानेन्द्र मल्लकाे हातबाट क्याचअाउट गरे । कुमार ४ रन बनाएर अाउट भएका हुन् ।
– प्रतियाेगितामै नेपालका सबैभन्दा सफल बलर सन्दिप लामिछानेले अाजकाे खेलमा पहिलाे विकेट लिएका छन् ।
– क्यानडाले ५० रनकाे अाँकडा पूरा गरेकाे छ । उसका श्रीमान्था विजेरत्ने ३३ र नितिश कुमार ४ रनकाे ब्यक्तिगत स्काेरमा खेलिरहेका छन् ।
– सन्दिपले अाफ्नाे पहिलाे अाेभरमा ४ रन खर्चिए । १२ अाेभर क्यानडा- ५१/१
– स्पिनरले पहिलाे अाेभरमै विकेट लिएपछि कप्तान पारसले दुवै एण्डबाट स्पिनर अाक्रमण सुरू गरेका छन् ।
– सन्दिप लामिछाने अाफ्नाे पहिलाे अाेभर लिएर अाएका छन् ।
– यस अाेभरमा बसन्तले १ रनमात्र दिएर विकेटसमेत लिए । क्यानडा- ४७/१
– अाफ्नाे पहिलाे अाेभरकाे दाेस्राे बलमै बसन्त रेग्मीले विकेट लिएका छन् । उनले ९ रनकाे ब्यक्तिगत स्काेरमा खेलिरहेका गुनासेकेरालार्इ राेहितकुमार पाैडेलकाे हातबाट क्याचअाउट गराए ।
– बसन्त रेग्मी अाफ्नाे पहिलाे अाेभर लिएर अाएका छन् ।
– पावर प्लेकाे खेल सकिएकाे छ । क्यानडाले विना क्षति ४६ रन जाेडेकाे छ ।
– ८ अाेभरकाे समाप्तिमा क्यानडाले विना क्षति ३२ रन बनाएकाे छ ।
– छैटाैं अाेभरमा पारसले २ रन खर्चिए । क्यानडा- २६/०
– छैटाैं अाेभर बलिङका लागि कप्तान पारस खड्का अाएका छन् ।
– ५ अाेभरकाे खेल सकिँदा क्यानडा- २४/०
- नामिवियाकाे विण्डहकस्थित वण्डरर्स मैदान । यहीँ नेपाल र क्यानडाबीचकाे खेल भइरहेकाे छ ।
– चाैथाे अाेभरमा करण केसीले मात्र २ रन खर्चिए । ४ अाेभर, क्यानडा- १९/०
– ३ अाेभरकाे समाप्तिमा क्यानडाले विना क्षति १७ रन जाेडेकाे छ ।
– केन्याबिरुद्धकाे खेलमा डेब्यू गरेका अनिल साह अाज ड्रप भएका छन् । उनकाे स्थानमा दिलिप नाथ पुनः टिममा फर्किएका छन् ।
– दाेस्राे अाेभरमा करण केसीले ७ रन खर्चिएका छन् । क्यानडाले २ अाेभरमा विनाक्षति १३ रन जाेडेकाे छ ।
– पहिलाे अाेभरमा साेमपाल कामीले ६ रन खर्चिएका छन् ।
– क्यानडाका श्रीमान्थु विजेरत्ने र रविन्दु गुनासेकेराले अाेपनिङ ब्याटिङ गरिरहेका छन् ।
– साेमपाल कामीले पहिलाे अाेभर बलिङ गर्न अाएका छन् ।
फागुन २, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र क्यानडाबीचकाे खेल सुरु भएकाे छ ।
नामिवियाको विण्डहकस्थित वण्डरर्स मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेकाे छ ।
यसअघिका चार खेलमा तीन जित र एक हार आत्मसाथ गरेका दुवै टोलीका लागि आजको खेल जित्नैपर्ने दवाव छ ।
क्यानडा, नामिविया र नेपालको ४ खेलबाट ६ अंक छ भने तीन टोली क्रमसः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । रनरेटको आधारमा नेपाल तेस्रो भएको छ ।
प्रतियोगिताको शीर्ष २ भित्र परेर विश्वकप छनोट खेल्ने तथा डिभिजन वानमा पुनरागमन गर्ने लक्ष्य सार्थक बनाउनका लागि नेपालले आजको खेल जित्नुको बिकल्प छैन ।
आजै हुने खेलमा नामिवियाले पनि युएईबिरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।