आर्मीका मानबहादुर र न्यू डायमण्डकी प्रतिभा बने उत्कृष्ट भलिबल खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-०८
  • |
  • 251 पटक हेरिएको

माघ ८, काठमाडौं । त्रिभुवन आर्मी भलिबल क्लवले एनभीए अवार्ड २०७३ अवार्ड जित्न सफल भएको छ । महिलातर्फ नेपाल एपीएफ क्लवको टोली उत्कृष्ट चुनियो ।

नेपाल भलिबल संघले पहिलो पटक वितरण गरेको अवार्डमा वर्ष २०७३ मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, टिम, तथा प्रशिक्षकलाई सम्मान गरेको हो । महिला र पुरुषतर्फकान उत्कृष्ट टिमले ५०/५० हजार पुरस्कार पाएका छन् ।

काठमाडौंमा अयोजित अवार्डमा भलिबल खेलाडीका रुपमा पुरुषतर्फ त्रिभुवन आर्मीका मानबहादुर श्रेष्ठ र महिलातर्फ न्यू डायमण्ड एकेडेमीकी प्रतिभा माली वर्षको उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले जनही २५ हजार पुरस्कार पाए ।

त्यस्तै नेपाल पुलिस क्लवका विशाल विश्वकर्मा र पुलिसकै कामना विष्ट क्रमस: पुरुष र महिलातर्फ उदयीमान खेलाडीको पुरस्कार पाए । उनीहरुले जनही १५ हजार पाए ।

प्रशिक्षकमा सशस्त्र प्रहरीको एपीएफ क्लवका ज्ञानेन्द्र विष्ट महिलातर्फ र त्रिभुवन आर्मीका तत्कालिन प्रशिक्षक जगदिश भट्ट पुरुषतर्फ उत्कृष्ट चुनिए ।

त्यस्तै एशियाली भलिबल महासंघको आयोजनामा माल्दिभ्समा भएको प्रतियोगितामा ऐतिहासिक पदक जित्ने पुरुष राष्ट्रिय भलिबल टिमका प्रत्येक सदस्यलाई संघले जनही २० हजार नगदले पुरस्कृत गरेको छ ।

कार्यक्रममा भलिबलको बिकासमा सहयोग गर्ने बिभिन्न ४० व्यक्ति तथा संस्थालाई नेपाल भलिबल संघले सम्मान गरेको थियो ।

पत्रकारिताको माध्यमबाट भलिबलको स्तरोन्नति तथा राष्ट्रिय खेल घोषणा गराउन सहयोग गरेको भन्दै नेपाल खेलकुद पत्रकार मञ्चलाई पनि संघले सम्मान गरेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey