नेपाल vs क्यानडा LIVE- नेपाललाई चौथो सफलता बसन्तले लिए विकेट

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०२
  • |
  • 145 पटक हेरिएको

-नेपाललाई चौथो सफलता बसन्तले लिए विकेट, क्यानडा ९३-४

-२६ ओभर क्यानडा ९०/३

– १८ अाेभर क्यानडा- ६७/३

– ड्रिंक्स पछिकाे पहिलाे अाेभरमा सन्दिपले ब्यक्तिगत दाेस्राे विकेट लिने क्रममा धानुका पाथीरानालार्इ २ रनकाे व्यक्तिगत स्काेरमा एलबीडब्ल्यू अाउट गरे ।

– १५ अाेभर क्यानडा ६२/२

– सन्दिपकाे विकेट मेडन अाेभर । क्यानडा- ५७/२, १४ अाेभर

– अाफ्नाे दाेस्राे अाेभरकाे पहिलाे बलमा उनले क्यानडाका नितिश कुमारलार्इ उपकप्तान ज्ञानेन्द्र मल्लकाे हातबाट क्याचअाउट गरे । कुमार ४ रन बनाएर अाउट भएका हुन् ।

– प्रतियाेगितामै नेपालका सबैभन्दा सफल बलर सन्दिप लामिछानेले अाजकाे खेलमा पहिलाे विकेट लिएका छन् ।

– क्यानडाले ५० रनकाे अाँकडा पूरा गरेकाे छ । उसका श्रीमान्था विजेरत्ने ३३ र नितिश कुमार ४ रनकाे ब्यक्तिगत स्काेरमा खेलिरहेका छन् ।

– सन्दिपले अाफ्नाे पहिलाे अाेभरमा ४ रन खर्चिए । १२ अाेभर क्यानडा- ५१/१

– स्पिनरले पहिलाे अाेभरमै विकेट लिएपछि कप्तान पारसले दुवै एण्डबाट स्पिनर अाक्रमण सुरू गरेका छन् ।

– सन्दिप लामिछाने अाफ्नाे पहिलाे अाेभर लिएर अाएका छन् ।

– यस अाेभरमा बसन्तले १ रनमात्र दिएर विकेटसमेत लिए । क्यानडा- ४७/१

– अाफ्नाे पहिलाे अाेभरकाे दाेस्राे बलमै बसन्त रेग्मीले विकेट लिएका छन् । उनले ९ रनकाे ब्यक्तिगत स्काेरमा खेलिरहेका गुनासेकेरालार्इ राेहितकुमार पाैडेलकाे हातबाट क्याचअाउट गराए ।

– बसन्त रेग्मी अाफ्नाे पहिलाे अाेभर लिएर अाएका छन् ।

– पावर प्लेकाे खेल सकिएकाे छ । क्यानडाले विना क्षति ४६ रन जाेडेकाे छ ।

– ८ अाेभरकाे समाप्तिमा क्यानडाले विना क्षति ३२ रन बनाएकाे छ ।

– छैटाै‌ं अाेभरमा पारसले २ रन खर्चिए । क्यानडा- २६/०

– छैटाैं अाेभर बलिङका लागि कप्तान पारस खड्का अाएका छन् ।

– ५ अाेभरकाे खेल सकिँदा क्यानडा- २४/०

  • नामिवियाकाे विण्डहकस्थित वण्डरर्स मैदान । यहीँ नेपाल र क्यानडाबीचकाे खेल भइरहेकाे छ ।

– चाैथाे अाेभरमा करण केसीले मात्र २ रन खर्चिए । ४ अाेभर, क्यानडा- १९/०

– ३ अाेभरकाे समाप्तिमा क्यानडाले विना क्षति १७ रन जाेडेकाे छ ।

– केन्याबिरुद्धकाे खेलमा डेब्यू गरेका अनिल साह अाज ड्रप भएका छन् । उनकाे स्थानमा दिलिप नाथ पुनः टिममा फर्किएका छन् ।

– दाेस्राे अाेभरमा करण केसीले ७ रन खर्चिएका छन् । क्यानडाले २ अाेभरमा विनाक्षति १३ रन जाेडेकाे छ ।

– पहिलाे अाेभरमा साेमपाल कामीले ६ रन खर्चिएका छन् ।

– क्यानडाका श्रीमान्थु विजेरत्ने र रविन्दु गुनासेकेराले अाेपनिङ ब्याटिङ गरिरहेका छन् ।

– साेमपाल कामीले पहिलाे अाेभर बलिङ गर्न अाएका छन् ।

फागुन २, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र क्यानडाबीचकाे खेल सुरु भएकाे छ ।

नामिवियाको विण्डहकस्थित वण्डरर्स मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेकाे छ ।

यसअघिका चार खेलमा तीन जित र एक हार आत्मसाथ गरेका दुवै टोलीका लागि आजको खेल जित्नैपर्ने दवाव छ ।

क्यानडा, नामिविया र नेपालको ४ खेलबाट ६ अंक छ भने तीन टोली क्रमसः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । रनरेटको आधारमा नेपाल तेस्रो भएको छ ।

प्रतियोगिताको शीर्ष २ भित्र परेर विश्वकप छनोट खेल्ने तथा डिभिजन वानमा पुनरागमन गर्ने लक्ष्य सार्थक बनाउनका लागि नेपालले आजको खेल जित्नुको बिकल्प छैन ।

आजै हुने खेलमा नामिवियाले पनि युएईबिरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey