बेटिसको पोस्टमा बार्सिलोनाको ५ गोल

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-०८
  • |
  • 396 पटक हेरिएको

माघ ८ । स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले रियल बेटिसलाइ ५–० ले हराएको छ ।

रियल बेटिसको मैदानमा भएको खेलमा जित हात पार्दै बािर्सलोनाले लिगमा ११ अंकको अग्रता लिएको छ । बार्सिलोनाले ५४ अंक बनाएको छ भने दोस्रो स्थानको एथलेटिको म्याड्रिडको ४३ अंक छ ।

बार्सिलोनाको जितमा लुइस स्वारेज र लियोनेल मेसीले दुई दुई दुई गोल गरे भने इभान राकिटिचले एक गोल गरेका थिए । पहिलो हाफ गोल रहित बनेको खेलको ५९ औं मिनेटमा राकिटिचको गोलमार्फत बार्सिलोनाले अग्रता बनाएको थियो ।
त्यसपछिको १० मिनेटभित्र बार्सिलोनाले दुई गोल थप्यो । ६४ औं मिनेटमा मेसीले सर्जियो बुस्केट्सको पासमा गोल गोल गरे भने ६९ औं मिनेटमा लुइस स्वारेजले राकिटिचको पासमा टिमका लागि तेस्रो गोल गरे ।

त्यसपछि ८० औं मिनेटमा मेसीले लुइस स्वारेजको पासमा र ८९ औं मिनेटमा स्वारेजले मेसीको पासमा गोल गर्दै ब्यक्तिगत दुई दुई गोल पुरा गरे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal