बासेलमा म्यान्चेष्टर सिटीकाे गाेल बर्षा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०२
  • |
  • 175 पटक हेरिएको

फागुन २ । च्याम्पियन्स लिग अन्तर्गत प्रि क्वार्टर फाइनलको पहिलो लेगमा इंग्लिस प्रिमियर लिग लिडर म्यान्चेष्टर सिटीले बासेललाई ४–० ले हराएको छ ।

बासेलमा मंगलबार मध्यरात पछि भएको खेलमा सिटीले बासेललाई हराउँदै क्वार्टर फाइनलको यात्रा सहज बनायो । म्यान्चेष्टर सिटीको जितमा इल्के गुन्डोगानले २ गोल गरे ।

सिटीले १० मिनेटमा ३ गोल गर्दा बासेल घरेलु मैदानमा स्तब्ध बन्यो । १४ औं मिनेटमा केभिन डिब्रुयनको पासमा गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसको ४ मिनेटपछि बर्नाडो सिल्भाले सिटीको खातामा गोल थपे ।

२३औं मिनेटमा सर्जियो एग्युरोले गोल गरेपटि सिटीले पहिलो हाफ अघि ३–० को अग्रता बनायो ।

५३ औं मिनेटमा गुुन्डोगानले ब्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४–० को अग्रता दिलाए ।

बाँकी समयमा थप गोल नहुँदा सिटीले ४–० को जितका साथ अन्तिम आठको बाटो सहज बनायो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey