नमुना र भ्याली पब्लिक फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०१
  • |
  • 226 पटक हेरिएको

फागुन १, काठमाडाैं । आयोजक नमुना ‘बी’ र भ्याली पब्लिक, लामाटार १२ औं नमुना रनिङ सिल्ड उपत्यकाव्यापी अन्तरविद्यालय भलिबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

लुभूमा भएको खेलमा नमुना ‘बी’ ले आफ्नै ‘ए’ टिमलाई २६–२८, २५–१७ र २५–१९ तथा भ्याली पब्लिकले फ्युचर स्टारलाई २५–१० र २५–१० को सेटमा पराजित गरे ।

सिनियर गर्ल्समा शुभताराले अनल ज्योतिलाई २५–१६ र २६–२४ ले हराउँदै फाइनलमा प्रवेश गरेकाे छ । सिनियर ब्वाइजमा माउन्ट ओलिभले नमुना ‘बी’ लाई २५–१७ र २५–२० ले पाखा लगाउँदै सेमिफाइनलमा पुग्यो ।

त्यस्तै महालक्ष्मी नगर कप शिक्षक भलिबलमा भ्याली पब्लिकले अनल ज्योतिलाई २५–१६, १९–२५ र २५–१५ को सेटमा पाखा लगाउँदै फाइनलमा पुग्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey