अन्तराष्ट्रिय आमन्त्रण भलिबलमा एपिएफ र न्यू डायमन्ड उपाधीकालागि भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०१
  • |
  • 336 पटक हेरिएको

चिवतन १ फागुन । चितवनमा जारी प्रथम मेयर कप अन्तराष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगताको उपाधीकालागि आज विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लब र शिवम् न्यु डायमन्ड एकेडेमी भिड्ने भएका छन् ।

चितवनको पटिहानीमा दिउँसो १ बजे फाइनल खेल हुदैँछ ।  सोमबार भएको सेमिफाइनलमा विभागीय टिम एपिएफले अर्को विभागीय नेपाल पुलिसलाई ३–० को सेटमा पराजित गरेको थियो । यसैगरी सिवम् न्यू डायमन्डले विभागीय टोली नेपाल आर्मीलाई ३–० को सोझो सेटमा पाखा लगाएको थियो ।

फाइनल खेल अघि आजै तेस्रो स्थानका लागि सेमिफाइनलमा पराजित दुई टोली नेपाल आर्मी र नेपाल पुलिस क्लब भिड्ने छन् ।

प्रतियोगिताका विजेतालाई २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेतालाई एक लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय हुने टिमलार्इ ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र र सान्त्वना हुने टिमलाई २५ हजार रुपियाँ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey