रियाल मड्रिडको खेल अगाडी नेयमारले खोपे यस्तो ट्याटु

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०१
  • |
  • 257 पटक हेरिएको

युरोपियन फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको अन्तिम १६ मा रियाल मड्रिडसंग प्रतिस्पर्धा गर्नुअघि पेरीस सेन्ट जर्मेनका स्टार नेयमारले शरिरमा च्याम्पियन्स लिगको ट्याटु खोपेका छन ।

बुधबार रियालको घरेलु मैदानमा हुने प्रिक्वाटर फाइनलको पहिलो लेगको खेल अघि नेयमारले प्रशिक्ष्ँणबाट समय निकाल्दै ट्याटु खोपेका हुन ।

विश्व किर्तीमानी रकम एक सय ९८ मिलियन पाउण्डमा पिएजी गएका नेयमारले दाँया खुट्टामा च्याम्पियन्स लिगको विजेताले पाउने ट्रफिको ट्याटु हानेका छन ।

नेयमारको पछिल्लो पटक ट्याटु हानेका भनेर ट्याटु आर्टिस्ट आदाओ रोसाले सार्वजनिक गरेका हुन ।

यसका साथै उनले कानको पछाडी पनि तीन वटा चराको ट्याटु खोपेका छन । जसले अनर, रिस्पेक्ट, करेज, फ्रिडमलाई प्रतिनिधित्व गर्छ ।

नेयमार बार्सिलोनामा हुँदा २०१५ को च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey