केन्याबिरुद्ध नेपालको जित, आरिफ र रोहितको निर्णायक पारी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२९
  • |
  • 300 पटक हेरिएको

माघ २९, काठमाडौं । आरिफ शेख र रोहित कुमार पौडेलको निर्णायक र संयमित पारीको सहयोगमा नेपालले आईसीसी डिभिजन टू क्रिकेटमा तेस्रो जित हासिल गरेको छ ।

आरिफ र रोहितले छैटौं विकेटका लागि ८७ रनको साझेदारी गरेपछि नेपालले केन्यालाई ३ विकेटले पराजित गरेको हो ।

४९औं ओभरमा आउट भएका आरिफले ४२ र अन्तिम ओभरमा रनआउटको शिकार हुनुअघि रोहितले ४७ रज बनाए । उनीहरुले १४९ बलमा ८७ रनको संयमित साझेदारी गरेका थिए ।

जितका लागि नेपाललाई अन्तिम ओभरमा ६ रन आवश्यक थियो । नेल्सन ओडियाम्बोको पहिलो र दोस्रो बलमा रोहितले क्रमसः २ र १ रन लिए । तेस्रो बलमा सोमपालले १ रन लिए । चौथो बलमा रन लिन खोज्दा रोहित दुर्भाग्यबस रनआउट हुन पुगे । पाँचौं बलमा सोमपालले रन लिएनन् । १ बलमा २ रन आवश्यक रहेको अवस्थामा सोमपालले पूरा गरे ।

जितसँगै नेपालको शीर्ष २ मा रहँदै डिभिजन वानमा उक्लने र एकदिवशीय विश्वकप छनोट खेल्न पाउने सम्भावना जीवितै छ ।

यसअघि सुरुआतमै तीन विकेट गुमाएर दवावमा आएको नेपालका लागि कप्तान पारस खड्काले ४२ रन बनाएर पारी केहि उकास्ने प्रयास गरेका थिए । उनले ४४ बल खेलेर ३ चौका र २ छक्का प्रहार गरे ।

डेब्यू खेल खेलेका अनिलकुमार साह खाता नखोली आउट हुँदा उपकप्तान ज्ञानेन्द्र मल्ल पनि ९ रनमा आउट भए । दिपेन्द्र सिंह ऐरीले १ रन बनाउँदा शरद भेषावकरले १९ रन नेपालको खातामा जोडे ।

बलिङतर्फ केन्याका इम्यानुअल रिंगेराले ३ विकेट लिए ।

विन्डहक स्थित वन्डररर्स क्रिकेट मैदानमा केन्याले ५० ओभरमा ८ विकेट गुमाउदै १७७ रन बनायो ।

यसअघि विण्डहकस्थित वण्डरर्स मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनायो ।

केन्याले पहिलो विकेटका अर्धसतकिए साझेदारी गर्न सफल भयो । तर, केन्यको ६५ रन हुदा सन्दिप लामिछानेले पहिलो सफलता दिलाए । ओपनर ओबान्डा ४१ रनमा आउट भए । केन्याको स्कोर ७१ रन हुदा नेपालले दोस्रो विकेट लियो । यसपटक पनि सन्दिपले नै नेपाललाई विकेट दिलाए ।

केन्योको एक सय ३ रन हुदा बसन्त रेग्मीले नेपालका लागि तेस्रो विकेट लिन सफल भए । उसका ओपनर इरफान ४२ रनमा आउट भए ।

त्यसपछि क्रिजमा आएका कप्तान रकिप पटेललाई सन्दिपले मात्र एक रनमा आउट गरेपछि नेपालले एक सय ४ रनमा चौथो विकेट लियो । लगत्तै पुन सन्दिपले रुसव पटेललाई खाता खोल्न नदिँदै पेभेलियन फर्काउदै पाँचौं सफलता दिलाए ।

केन्याको स्कोर १२९ रन हुदा नेपालले छैटांै विकेट लियो । उसका कोलिन ओबुयालाई सोमपाल कामीले २७ रनमा आउट गरे । त्यसपछि शरदले गुरदिपलाई आउट गरेपछि केन्याले १३२ रनमा सातौं विकेट गुमायो । लगत्तै सन्दिपले ब्यक्तिगत पाँचौं विकेट लिएपछि केन्याले १३९ रनमा ८ विकेट गुमायो ।

बलिङमा सन्दिपले पाच तथा बसन्त रेग्मी सोमपाल कामी र शरद भेषवाकरले एक एक विकेट लिए ।

प्रतियाेगितामा नेपालले पहिलाे खेलमा घरेलु टाेली नामिवियालार्इ १ विकेटले हराएकाे थियाे भने दाेस्राे खेलमा अाेमानसँग ६ विकेटले पराजित भएकाे थियाे । तेस्राे खेलमा अाइतबार युएर्इलार्इ नेपालले ४ विकेटले हराएकाे थियाे ।

प्रतियाेगिताकाे नेपालले बुधबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey