अन्तरकलेज फुटबलको उपाधि पव्लिक ज्ञानज्योतिलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२९
  • |
  • 222 पटक हेरिएको

माघ २९, दाङ । जिल्लास्तरीय अन्तर कलेज फुटबल प्रतियोगिताको उपाधि पव्लिक ज्ञानज्योति कलेज तुलसीपुरले जितेको छ ।

संगठित युवा क्लब तुलसीपुरको आयोजनामा संचालित प्रतियोगिताको फाइनलमा राप्ती बबई बहुमुखी क्याम्पस तुलसीपुरलाई ४–१ गोलले हराउँदै ज्ञानज्योतिले उपाधि जितेको हो ।

उपाधिसँगै उसले नगद २० हजार रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता राप्ती ववईले १० हजार पाएको छ ।

अरनिको मैदानमा भएको फाइनल खेलको १५ औ मिनेटमा ज्ञानज्योतिका लागि गणेश नेपालीले पहिलो गोल गर्न सफल भए ।

खेलको पहिलो हाफको समाप्तीमा १–० ले अगाडि रहेको पव्लिक ज्ञानज्योतीले दोश्रो हाफको सुरुवातीमै आक्रमक खेल प्रर्दशन गरेको थियो ।

नेपाली खेलको ५४औं र ६४औं मिनेटमा थप २ गोल गरी ह्याट्रिक पूरा गरे । ज्ञानज्योतिका लागि अर्को गोल सुरज डाँगीले ८२औं मिनेटमा गरेका तिए । बबईका तर्फबाट भूपेश डाँगीले ८८औं मिनेटमा सान्त्वना गोल फर्काए ।

एक साता चलेको प्रतियोगितामा दाङका ८ वटा कलेजले भाग लिएका थिए ।

प्रतियोगिताको उत्कृट खेलाडी बबई क्याम्पसका भुपेश डाँगी, उत्कृष्ट स्ट्राइकर पव्लिक ज्ञानज्योतीका गणेश नेपाली, उत्कृष्ट गोल रक्षक राप्ती बबई क्याम्पसका सरोज केसी, उत्कृट मिडफिल्डर पव्लिक ज्ञानज्योतीका सुनिलबाबु डाँगी र अनुशासित टिम गोरखा इन्टरनेशनल स्कुल घोराही घोषित भए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey