केब्स बास्केटबलको उपाधि नवज्योतिलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२९
  • |
  • 225 पटक हेरिएको

माघ २९, काठमाडौं । कोटेश्वरको नवज्योति स्कुलले केब्स अन्तरस्कुल थ्री बाई थ्री बास्केटबल छात्रातर्फको उपाधि जितेको छ ।

सोमबार भएको फाइनलमा आयोजक कुमारी एकेडेमीलाई १४–१२ ले हराउँदै नवज्योतिले उपाधि जितेको हो । नवज्योतिका खेलाडी अभिशेक सिंह उत्कृष्ट खेलाडी चुनिए

नवज्योतिले सेमिफाइनलमा ग्रिनतारालाई १४–९ ले हराएको थियो ।

त्यस्तै, छात्रातर्फको उपाधि भने युनिभर्सल स्कुलले जितेको छ । युनिभर्सलले बाबा बोर्डिङ्गलाई ९–८ को झिनो अन्तरले हराउदै उपाधि जितेको हो । छात्रातर्फ संगीता फुयाल उत्कृस्ट खेलाडी घोषित भइन् ।

त्यसैगरी, जुनियर ब्वाइजको उपाधि भने बाबा बोर्डिङले जितेको छ । जान्लिङ शेर्पाको उत्कृष्ट प्रदर्शनमा बाबा बोर्डिङ्गले नवज्योति माथि १०–८ को जीत निकालेको हो ।

प्रतियोगितामा काठमाडौंका ३१ बिद्यालयका टोलीहरुले प्रतिस्पर्धा गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey