लिष्ट ए मा सन्दिपको अहिलेसम्मकै उत्कृष्ट बलिङ, करण र सोमपाललाई पछि पारे

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२९
  • |
  • 167 पटक हेरिएको

केन्या विरुद्ध ५ विकेट लिएका सन्दिपले करियरकै उत्कृष्ट बलिङ गरे ।

नामिविया विरुद्ध विश्व क्रिकेट लिग च्याम्पिनयसिपमा डेब्यु गरेको सन्दिपले लिस्ट एमा पहिलो पटक पाच विकेट लिन सफल भए ।

आइपिएल टिम दिल्ली डेयर डेभिल्समा अनुबन्ध भएका सन्दिपको बलिङमा आज केन्याले चक्मा खायो ।

६५ रन हुदा कुनै विकेट नगुमाएको केन्या विरुद्ध सन्दिपले आफ्नो बलिङको जादु देखाए । लगातर दुई विकेट लिदै केन्याको साझेदारी तोडेका सन्दिपले १० ओभरमा ५ मेडेन राखेर २० रन खर्चिएर ५ विकेट लिए ।

यसअघि उनले नामिविया विरुद्ध ४ विकेट लिएका थिए । जारी प्रतियोगितामा उनको विकेट सख्या १४ पुगेको छ ।

डिभिजन टु मा एकै प्रतियोगितामा धेरै विकेट लिने बलरमा सन्दिप अगाडी आएका छन । २०१५ को डिभिजन २ मा सोमपाल कामीले नेपालका तर्फबाट ११ विकेट लिएका थिए ।

यसअघि करण केसी र सोमपाल कामीले पनि लिष्ट ए मा ५ विकेट लिएका थिए । तर उनिहरुले बढी रन खर्चिएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey