विमलले खेले ४५ मिनेट, मोहन बगान पुछारको टिमसँग पराजित

0

माघ २९ । नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर विमल घर्तिमगरको टिम मोहन बगान आर्इ लिगमा पराजित भएको छ ।

साल्ट लेकमा भएको खेलमा मोहन बगानले गोकुलमसंग दुई एकले पराजित भयो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा दुबै टिमले गोल गरेका थिए । ७६ औ मिनेटमा गोकुलमका मोहम्मद अल अज्मेईले गोल गर्दा ७८ औ मिनेटमा मोहन बगानका दिपान्दाले बराबरी गोल गरे ।

सुरुवाती ११ मा नपरेका विमलले ३५ मिनेट मैदानमा विताए । उनि ६५ औ मिनेटमा सब्सिचयुट खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए ।

विमल अक्रम मोघ्रावीको स्थानमा मैदान प्रवेश गरेका हुन। विमल मैदान प्रवेश गरेपनि उनले गोल गर्ने मौका भने पाएनन । बराबरीपछि विमलको टिम मोहन बगान २१ अंकका साथ चौथो स्थानमा नै रहेको छ ।

Post Add 1025X115
Loading...