नेपाल vs केन्या LIVE- नेपालकाे ३ विकेटकाे जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२९
  • |
  • 220 पटक हेरिएको

– नेपालले केन्यालार्इ ३ विकेटले हराएकाे छ ।

– जितका लागि ८ रन बाँकी रहँदा अारिफ शेख अाउट भएका छन् । उनले ४२ रन बनाए ।

– ४७ अाेभर नेपाल- १५९/५, जितका लागि १८ बलमा १९ रन अावश्यक

– राेहित ३३ र अारिफ ३७ रन बनाएर खेलिरहेका छन् ।

– नेपालले ४६ अाेभरकाे समाप्तिमा १५२ रन बनाएकाे छ । जितका लागि नेपाललार्इ २४ बलमा २६ रन अावश्यक छ ।

– नेपालले १५० रनकाे अाँकडा पार गरेकाे छ । जितका लागि नेपाललार्इ २७ बलमा २८ रन अावश्यक

– ५ अाेभरकाे खेल बाँकी रहँदा नेपालले १४६ रन बनाएकाे छ । जितका लागि नेपाललार्इ ३० बलमा ३२ रन अावश्यक छ ।

– राेहितकुमार पाैडेल र अारिफ शेखले ५६ रनकाे साझेदारी पूरा गरेका छन् । नेपालले ४३ अाेभरमा १३८ रन बनाएकाे छ । अारिफ ३४ र राेहित २४ रनमा खेलिरहेका छन् ।

– अारिफ शेख २७ र राेहित कुमार पाैडेल १९ रनमा खेलिरहेका छन् ।

– ४१ अाेभरमा नेपालले ५ विकेट गुमाएर १२६ रन जाेडेकाे छ ।

– ३८ अाेभरमा नेपालले ११५ रन बनाएकाे छ ।

– ३१ अाेभरमा नेपालले १०० रनकाे अाँकडा पूरा गरेकाे छ । नेपाललार्इ जितका लागि १९ अाेभरमा अझै ७८ रज अावश्यक छ ।

– २४अाैं अाेभरमा नेपालले भेषावकरलार्इ पनि गुमाएकाे छ । उनी ५७ बलमा १९ रन बनाएर अाउट भए ।

– २२ अाेभर नेपाल- ७७/४, लक्ष्य १७८

– १८ अाेभरकाे समाप्तिमा नेपालले ४ विकेट गुमाएर ६९ रन जाेडेकाे छ ।

– अारिफ शेख नयाँ ब्याट्सम्यानकाे रुपमा क्रिजमा अाएका छन् ।

– ४४ बल खेलेका पारसले ३ चाैका र २ छक्का प्रहार गरेका थिए ।

– नेपालले चाैथाे विकेट गुमाएकाे छ । कप्तान पारस खड्का ४२ रनकाे व्यक्तिगत स्काेरमा नेल्सन अाेडियाम्बाेकाे बलमा अाउट भए ।

– सुरुमै तीन विकेट गुमाएर दवावमा अाएकाे नेपालकाे पारी कप्तान खड्का र भेषावकरले संहालिरहेका छन् । खड्का ४२ र भेषावकर १२ रनमा खेलिरहँदा नेपालले १७ अाेभरमा ३ विकेट गुमाएर ६९ रन जाेडेकाे छ ।

– १२ अाेभरकाे खेल सकिँदा नेपालले ५० रनकाे अँँकडा पार गरेकाे छ । कप्तान पारस ३१ र भेषावकर ६ रनमा खेलिरहेका छन् ।

– ११ अाेभरकाे खेल सकिँदा नेपालले ३ विकेट गुमाएर ४३ रन जाेडेकाे छ ।

– हिजाे युएर्इबिरुद्ध अर्धशतकीय पारी खेलेका कप्तान पारस खड्का ११ र शरद भेषावकर ५ रनकाे व्यक्तिगत स्काेरमा खेलिरहेका छन् ।

– नेपालले ९ अाेभरमा ३ विकेट गुमाएर २८ रन बनाएकाे छ ।

१७८ रनको लक्ष्य पक्ष्याएको नेपालले आजपनि सुरुवात राम्रो गर्न सकेन । राष्ट्रिय टिममा डेब्यु गरेका अनिल शाह खाता खोल्न नपाउदै आउट भएपछि नेपालले ८ रनमा पहिलो विकेट गुमायो ।

त्यसपछि १४ रन बनाउदा नेपालले तीन विकेट खेर फाल्यो । ज्ञानेन्द्र मल्ल ९ रनमा आउट हुदा दिपेन्द्रसिंह ऐरी एक रनमा पेभेलियन फर्किए ।

– १७८ रनकाे लक्ष्य पछ्याउने क्रममा नेपालले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

– केन्याले निर्धारित अाेभरमा ८ विकेट गुमाउँदै १७७ रन बनाएकाे छ ।

– ४७ अाेभरमा केन्याले १५० रनकाे अाँकडा पार परेकाे छ । साेमपाल कामीकाे बलमा छक्का प्रहार गर्दै नेल्सन अाेडियाम्वाेले टिमलार्इ १५१ रनकाे स्काेरमा पुर्याएका हुन् ।

– सन्दिपले सिनियर करिअरकै सबैभन्दा उत्क्रिष्ट बलिङ गरेका हुन् ।

– याेसँगै सन्दिपकाे स्पेल सकिएकाे छ । उनले १० अाेभरमा ५ मेडन राख्दै २० रन दिएर ५ विकेट लिएका छन् ।

– ४५ अाेभरमा केन्याकाे अाठाै‌ विकेट झार्ने क्रममा युवा स्टार सन्दिप लामिछानेले पाँचाै‌ विकेट लिएका छन् ।

– ४३.३ अाेभरमा शरद भेषाावकरले केन्याका गुरप्रित सि‌हलार्इ ४ रनमा बाेल्ड गरेका छन् । केन्याले साताैं विकेट गुमाएकाे छ । केन्या- १३२/७

– ४३ अाेभरकाे समाप्तिमा केन्याले ६ विकेट गुमाएर १३१ रन जाेडेकाे छ ।

– केन्याले छैटाै‌ं विकेट गुमाएकाे छ । साेमपाल कामीले केन्याका कलिन्स उवायेलार्इ २७ रनकाे व्यक्तिगत स्काेरमा बाेल्ड गरेका छन् ।

– ४१ अाेभर केन्या- १२२/५

– केन्याले ४० अाेभरमा ५ विकेट गुमाएर ११८ रन जाेडेकाे छ ।

– केन्याले ३७ अाेभरकाे समाप्तिमा ५ विकेट गुमाएर १११ रन जाेडेकाे छ ।

– केन्याका कप्तान रकिप पटेल १ र रुसव पटेल खाता खाेल्नै नपाइ अाउट भए ।

२ विकेटः सन्दिप लामिछानेले ३४अाैं अाेभरकाे पहिलाे र दाेस्राे बलमा लगातार दुर्इ विकेट लिएका छन् । जारी खेलमा सन्दिपकाे याे चाैथाे विकेट हाे ।

– ३३ अाेभरमा केन्या- १०४/३

विकेटः बसन्त रेग्मीले विकेट लिएका छन् । केन्याका अर्का अाेपनर इरफान करिमलार्इ ४२ रनकाे स्काेरमा विकेटकिपर ज्ञानेन्द्र मल्लकाे हातबाट स्टम्पिङ अाउट गराएका हुन् । करिमले १०० बल खेले ।

– केन्याले १०० रनकाे अाँकडा पूरा गरेकाे छ । ३१ अाेभरकाे समाप्तिमा केन्याले २ विकेट गुमाएर १०० रन बनाएकाे छ । केन्याका अाेपनर इरफान करिन ९७ बलमा ४० र काेलिन्स उवाय ४२ बलमा १२ रन बनाएर खेलिरहेका छन् ।

– २९ अाेभरमा केन्याले २ विकेट गुमाएर ९३ रन बनाएकाे छ ।

विकेटः १८.४ अाेभरमा केन्याले दाेस्राे विकेट गुमायाे । सन्दिपले धिरेन गाेन्डारियालार्इ ४ रनकाे स्काेरमा दिपेन्द्र सि‌ंह एेरीकाे हातबाट क्याचअाउट गराए ।

विकेटः अन्ततः नेपालले विकेट लिन सफल भएकाे छ । १७अाैं अाेभरकाे अन्तिम बलमा युवा स्टार सन्दिप लामिछानेले केन्याका अाेपनर एलेक्स अाेवाण्डालार्इ ४१ रनकाे व्यक्तिगत स्काेरमा बाेल्ड गरेका छन् । केन्या- ६५/१

– १६ अाेभरमा केन्या- ६२/०

– १५ अाेभरकाे खेल सकिँदा केन्या- ५९/०

– १४अाैं अाेभरमा केन्याले ५० रनकाे अाँकडा पूरा गरेकाे छ । अाेपनरहरु एलेक्स अाेवाण्डा ४१ बलमा ३८ तथा इरफान करिम ४४ बलमा १४ रनमा खेलिरहेका छन् ।

– १२ अाेभरकाे खेल सकिँदा केन्या ४१/०

– ११अाैं अाेभरमा कप्ता पारसले १ रनमात्र खर्चिए । केन्या ३४/०

– पावर प्लेकाे खेल सकिएकाे छ । केन्याले बिना क्षति ३३ रन बनाएकाे छ ।

– पारसकाे पहिलाे अाेभर मेडन, ९ अाेभरमा केन्या ३०/०

– नाेवाैं अाेभर बलिङ गर्न कप्तान पारस खड्का अाएका छन् ।

– ८ अाेभरकाे खेल सकिँदा केन्याले बिना क्षति ३० रन बनाएकाे छ ।

– अाठाैं अाेभरकाे पहिलाे बलमा नै केन्याका एलेक्स अाेबाण्डाले करण केसीकाे बलमा चाैका प्रहार गरेका छन् ।

– केन्याकाे रनकाे गति कमजाेर बनाए पनि नेपालले विकेट लिन सकिरहेकाे छैन ।

– साताै‌ं अाेभरमा साेमपालले २ रन दिए । केन्या २२/०

– ६ अाेभरकाे खेल सकिएकाे छ । केन्याले बिना क्षति २० रन बनाएकाे छ ।

– पाँचाैं अाेभरमा साेमपालले एउटा चाैकासहित ९ रन खर्चिए । केन्या १५/०

– चाैथाे अाेभरमा करणले ४ रन खर्चिए । केन्या- ६/०

– तेस्राे अाेभरमा साेमपाल कामीले १ रनमात्र दिए । २ अाेभर केन्या २/०

– दाेस्राे अाेभरमा करण केसीले रन दिएनन् । २ अाेभरकाे समाप्तिमा केन्या १/०

– केन्याका इरफान करिम र एलेक्स अाेवाण्डाले अाेपिनङ गरेका छन् । नेपालका साेमपाल कामी र करण केसीले दुर्इ एण्डबाट बलिङ गरिरहेका छन् ।

– खेल सुरु भएकाे छ । पहिलाे अाेभरमा केन्याले विना क्षति १ रन जाेडेकाे छ ।

माघ २९, काठमाडौं । आईसीसी डिभिजन टू क्रिकेटमा नेपालले आज केन्याबिरुद्ध खेल्दैछ ।

नामिवियाको विण्डहकस्थित ओण्डरर्स क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ ।

यसअघिका तीन खेलमा दुई जित र एक हार आत्मसाथ गरेको नेपाल केन्याबिरुद्धको खेलमा जित हासिल गर्दै डिभिजन टू को शीर्ष दुईभित्र पर्ने सम्भावनालाई बलियो बनाउन चाहन्छ ।

आजको खेलमा नेपालबाट अनिलकुमार शाहले डेब्यु गरेका छन् । यसअघि विश्व क्रिकेट लिग च्याम्पियनसिपमा युएई विरुद्धको खेलमा टिममा परेपनि उनले डेब्यु गर्ने मौका पाएका थिएनन् ।

उनी अाेपनर दिलप नाथलार्इ रिप्लेस गरी टिममा परेका हुन् । दिलिपकाे अनुपस्थितिमा उपकप्तान ज्ञानेन्द्र मल्लले नेपालकाे विकेटकिपिङ गर्नेछन् ।

यसअघिका तीनमध्ये दुई खेलमा जित हासिल गरेको नेपाल अंकतालिकामा दोस्रो स्थानमा छ । केन्याले यसअघिका दुवै खेलमा पराजय ब्यहोरेको छ ।

नेपालले पहिलो खेलमा नामिवियालाई १ विकेटले हराएको थियो भने दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो । हिजो भएको युएईबिरुद्धको खेलमा कप्तान पारस खड्काको अर्धशतकको सहयोगमा ४ विकेटको जित हासिल गरेको थियो ।

प्रतियोगिताको शीर्ष दुईभित्र पर्न सके नेपाल पुनः डिभिजन वानमा उक्लनेछ भने मार्चमा हुने आईसीसी एकदिवशीय विश्वकप छनोट पनि खेल्न पाउनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey