रियल मड्रिडका प्रशिक्षक जिदानेले नेइमारको प्रशंशा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-०७
  • |
  • 653 पटक हेरिएको

माघ ७, काठमाडौं । बार्सिलोनाबाट यसै सिजन कीर्तिमानी मूल्यमा फ्रान्सेली क्लव पेरिस सेन्ट जर्मेइन गएका ब्राजिलियन स्ट्राइकर नेइमार स्पेनिस महारथी रियल मड्रिडसाग नजिकिएको समाचारहरु सार्वजनिक भइरहेका छन् ।

यस्तैमा रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानेले नेइमारका बारेमा भनेका छन् कि उनी यस्ता फुटबलर हुन् जसबाट फुटबल समर्थकले आनन्द लिन सक्छन् ।

जिदाने अन्य टिम र खेलाडीका बारेमा त्यति कुरा गर्न रुचाउादैनन् । तर, उनले पूर्व बार्सिलोना खेलाडी नेइमारको भने खुलेरै प्रशंशा गरे ।

उनले भने, ‘म ती खेलाडीहरुका बारेमा टिप्पणी गर्दिन जो मसाग छैनन् । तर, नेइमारलाई विश्व फुटबलले माया गर्छ किनभने उनी महान खेलाडी हुन् ।’

एजेन्सी

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal